बुटवलबाट बरेङका लागि छुटेको जिप सिद्धबाबामा दुर्घटना ः चालकको मृत्यु
पाल्पा । २०७६ भाद्र २७ । बुटवलबाट बरेङका लागि छुटेको जिप सिद्धार्थ राजमार्गको बुटवल(सिद्धबाबा सडक खण्ड आसपास)पहिरोमा पुरिएपछि एकको मृत्यु भएको छ भने चारजनाको प्रहरीले उद्धार गरेको छ ।
मृत्यु हुनेमा चालक कमल परियार रहेका छन् । मृतक चालक कालीगण्डकी गाउँपालिका वडा नम्बर ७ भुर्तुङका रहेको बताइएको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार दोभान नजिकै खसेको पहिरोले दुइवटा लु१ ज २६१७ र ५९३८ नम्बरको जिप पुरेको हो ।
« पुरुषोदय मा.विका शिक्षक शर्मालाई बिदाई ः प्रअ श्रीसद्धारा प्रशंसा «
» बाल दिवस ः सर्वोदय मा.विमा वक्तृत्वकला, बालमैत्रीपूर्ण कक्षा हुनुपर्ने आचार्यको भनाई । »







