दर्ता. न‌: २४५/०६५/०६६

धुल्लुबास्कोटका पहिरो पिडीतलाई राजमो बागलुङको राहत ।

प्रकाश छन्त्याल, लुरुङ । १६ आषाढ २०७५ । गत सोमबार राति परेको वर्षाका कारण पहिरोमा परि ज्यान गुमाएका धुल्लुबास्कोटका विष्णु बहादुर क्षेत्रीका घरपरिवार तथा धुल्लुबास्कोटका विस्थापित घरपरिवालाई राष्ट्रिय जनमोर्चा जिल्ला समिती बागलुङले नगद रु ७८ हजार आर्थिक सहयोग सहयोग गरेको छ । 

राष्ट्रिय जनमोर्चा बागलुङका अध्यक्ष अमर थापा, बरेङ गाउँपालीकाका अध्यक्ष कृष्ण प्रसाद शर्मा, वडा नम्वर १ का वडा अध्यक्ष नरसेङ पुन लगाएतको टोलिले मृतक तथा विस्थापित परीवारका घरमै पुगेर क्षतिको आधारमा आर्थिक सहयोग गरेको अध्यक्ष थापाले जानकारी दिनुभयो ।

अध्यक्ष थापाले घरबास गुमाएकाहरुका लागी क्षतिको प्रकृति हेरेर राहत हस्तान्त्रण गरिएको बताउँदै देश विदेशमा रहेका सम्पुर्ण व्यक्ति संघसस्था लगाएतालई सहयोगको लागी अपील गरिएको समेत बताउनुभएको छ । 

प्राप्त राहतको बिस्तृत सूचि अनुसार स्थानिय मञ्जु क्षेत्री रु १० हजार, अस्मिता क्षेत्री रु १० हजार, पदम बहादुर के.सी. रु १० हजार, थुमा घर्ती रु १० हजार, तारापति शर्मा रु ५ हजार, शिब केसी रु ५ हजार, कृष्ण ब केसी रु ५ हजार, एकादेउ शर्मा रु ३ हजार, रत्न बहादुर केसी रु ३ हजार, सुन्तली घर्ती रु ३ हजार, चन्द्रकली घर्ती रु ३ हजार, टेक बहादुर थापा रु ३ हजार, तुलसी घर्ती रु ३ हजार, भिम बहादुर श्रीस रु ३ हजार र कुमारी घर्तीलाई रु २ हजारका दरले राहत रकम हस्तान्तरण गरिएको छ ।

सोमबार राति परेको बाढिले धुल्लुबास्कोट लुरुङका विष्णु बहादुर क्षेत्री सहीत उहाँकी श्रीमति विष्णुमाया र ३ महिने छोरीको ज्यान गएको थियो भने धुल्लुबास्कोट र हुग्दिशिरमा गरी ३५ घरपरिवार विस्थापित भएका छन भने करोडौँको खेतबारीमा क्षेति पु¥याएको थियो ।

« गत सोमबार पहिरोमा परी ज्यान गुमाएका क्षेत्री परिवारलाई राहत लिएर राजमो बागलुङका अध्यक्ष थापा धुल्लुबास्कोटमा । «

» धुल्लुबाँस्कोटका पहिरो पिडितलाई बागलुङ समाज पोखराद्वारा राहत प्रदान । »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal