बाल दिवस ः सर्वोदय मा.विमा वक्तृत्वकला, बालमैत्रीपूर्ण कक्षा हुनुपर्ने आचार्यको भनाई ।
तुलेन्द्र पुन बरेङ । २०७६ भाद्र २९ । ५६ आँै राष्ट्रिय बाल दिवसको अवसरमा सर्वोदय माध्यमिक विद्यालयमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।
बागलुङको बरेङ गाउँपालिका वडा नम्बर २ बरेङ बजारमा अवस्थित सर्वोदय माध्यमिक विद्यालयले आइतबार एक कार्यक्रमका बिच वक्तृत्वकला प्रतियोगिता कार्यक्रम सम्पन्न गरेको छ ।
२०७६ को बालदिवसको नारा “सुनिश्चित बाल अधिकार समृद्ध नेपालको आधार” भन्ने विषयमा नै वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको विद्यालयले बताएको छ ।
प्रमुख अतिथि नेपाल शिक्षक महासं३का जिल्ला अध्यक्ष कृष्ण प्रसाद आचार्यले विद्यालयमा बालमैत्री पूर्ण ढङ्गले कक्षा सञ्चालन गर्नुपर्ने विषयमा जोड दिए ।
त्यस्तै पद र प्रतिष्ठा मात्र प्राप्त गरेर होइन बालबालिकाहरुलाई असल शिक्षा प्रदान गर्न सरकारले पहल गर्नुपर्र्ने शिक्षक प्रशान्त शर्माले बताए ।
शिक्षिका पार्वता भुसाालले भने बालबालिका को अधिकार का लागि संयुक्त रास्ट्र संघको सम्मेलन मा सन ्१९८९ मा उठाईएको नारा बाल बचाउ, बाल संरक्षण , बाल बिकास र बाल सहभागितालाई सरकारले कडाइका साथ लागू गरे मात्र बाल अधिकारको सुनिश्चित हुन सक्छ भन्ने कुरामा जोड दिनु पर्ने बताइन् ।
बालबालिकाहरुको अधिकारलाई सुनिश्चित गर्नको लागि हरेक पक्षबाट पहल हुनुपर्ने , बालमैत्री पुर्ण ढङ्ग बाट बालबालिकाहरुलाई पुर्ण निशुल्क रुपमा शिक्षा सरकारले प्रदान गर्नु पर्ने, हरेक क्षेत्रमा हुने बाल शोषण लाई अन्त्य गर्नको निम्ति सबै राजनैतिक दल तथा सरोकार वालाहरुले पहल गर्नुपर्ने कुरामा शिक्षक तुलेन्द्र पुनले बताए ।
कक्षा ११र १२ का विद्यार्थीहरुबाट छ जना सहभागी भएको कार्यक्रममा निमकुमारी गिरी प्रथम, टेरुशा पुन द्धितीय, राजु शर्मा तृतीय, पवित्रा थापा र प्रमिला ढुङगाना सान्त्वना भएका छन् ।विजेतालई पुरस्कार प्रदान गरिएको थियो । विद्यार्थी वसन्ती थापाको अध्यक्षता रहेको कार्यक्रम विद्यार्थी जीवन थापाले सञ्चालन गरेका थिए ।
« बुटवलबाट बरेङका लागि छुटेको जिप सिद्धबाबामा दुर्घटना ः चालकको मृत्यु «







