दर्ता. न‌: २४५/०६५/०६६

बाल दिवस ः धारा मा.वि तंग्राममा विविध शैक्षिक कार्यक्रम

बिहानी संवाददाता तंग्राम । २०७६ भाद्र २९ । धारा माध्यमिक विद्यालय तंग्राममा विविध शैक्षिक कार्यक्रमहरु गरी ५६ आँै राष्ट्रिय बाल दिवस मनाइएको  छ । 

बागलुङको काठेखोला गाउँपालिका वडा नम्बर ४ तंग्राममा अवस्थित धारा माध्यमिक विद्यालयले बालदिवसको अवसरमा आइतबार एक कार्यक्रम गरी कक्षा नर्सरी देखी कक्षा १२ सम्मका विद्याथीहरुमा विविध शैक्षिकमूलक प्रतियोगितात्मक कार्यक्रम सम्पन्न गरेको छ । 

“सुनिश्चित बाल अधिकार समृद्ध नेपालको आधार” भन्ने २०७६ को बालदिवसको मुल नाराका साथ विद्यालयले शैक्षिक कार्यक्रमद्धारा दिवस मनाएको विद्यालयका अतिरिक्त कार्यक्रम संयोजक कर्णबहादुर पुनले बताए ।

प्रमुख अतिथि निमित्त प्रध्यानाध्यापक कमला थापाले  विद्यालयमा बालमैत्री पूर्ण ढङ्गले कक्षा सञ्चालन गर्नुपर्ने, बालबालिकाहरुको अधिकारलाई सुनिश्चित गर्नको लागि हरेक पक्षबाट पहल हुनुपर्ने , बालबालिकाहरुलाई पुर्ण निशुल्क रुपमा शिक्षा प्रदान गर्नु पर्ने, त्यस्तै पद र प्रतिष्ठा मात्र प्राप्त गरेर होइन बालबालिकाहरुलाई असल शिक्षा प्रदान गर्न सरकारले पहल गर्नुपर्र्ने बताएकी थिइन् ।

कक्षा नर्सरी देखि कक्षा ३ सम्मका विद्यार्थीहरुबीच कुर्ची दौड कक्षा ४ र ५ का विद्यार्थीहरुबीच चम्चा दौड, कक्षा ६,७ र ८ का विद्यर्थाीहरुबीच हिसाब दौड, कक्षा ९ देखि १२ सम्मका विद्यार्थीहरुबीच हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ  । प्रतियोगितामा प्रथम द्धितीय र तृतीय विद्यार्थीलाई पुरस्कारले सम्मान गरिएको विद्यालयले बताएको छ ।

अतिरिक्त कार्यक्रम संयोजक तथा शिक्षक कर्ण पुनको अध्यक्षता रहेको कार्यक्रम शिक्षिका तस्लिमा पुनले सञ्चालन गरेकी थिइन् । 

« बाल दिवस ः सर्वोदय मा.विमा वक्तृत्वकला, बालमैत्रीपूर्ण कक्षा हुनुपर्ने आचार्यको भनाई । «

» कक्षा ११ को नतिजा सार्वजनिक । »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal