सर्वोदय मा.वि बरेङ कक्षा ११ को नतिजा यस्तो रह्यो ।
बिहानी संवाददाता । २०७६ असोज ८ । राष्ट्रीय परीक्षा बोर्डले यहि असोज ६ गते कक्षा ११ को परिक्षाको नतिजा सार्वजनिक गरेको छ ।
गत बैशाख २९ देखि जेष्ठ २४ सम्म सञ्चालित परीक्षामा देशभरी बाट जम्मा ५ लाख ९ हजार परीक्षार्थीहरु सहभागी थिए । यसै सन्दर्भमा सर्बोदय माध्यमिक विद्यालय बरेङ बागलुङको नतिजा भने सन्तोष जनक नभएको कुरा स्रोतले बताएको छ ।
सर्बोदय माध्यमिक विद्यालय कक्षा ११ का जम्मा ९९ जना विद्यार्थीहरुले परीक्षा दिएका थिए । जसमध्ये भने संकाए अन्तर्गतको नतिजा समग्रमा राम्रो देखिएको छ । विज्ञान विषयमा १३ जना परीक्षार्थी मध्य सम्पुर्ण परीक्षार्थी उत्तिर्ण भएका छन् । शिक्षाको परिचय विषयमा २ जना अनुत्तिर्ण भएकोले विज्ञान संकायको नतिजा ८४.६२ हुन आएको छ ।
त्यसै गरि अनिवार्य अंग्रेजी र अनिवार्य नेपाली क्रमशः ७७.७५ र ९१.०५ विद्यार्थी उत्तिर्ण भएका छन । व्यवस्थापन संकायमा ७७.७७ विद्यार्थी सफल भएतापनि केहि विषयगत नतिजामा कमजोर देखिएकोले समग्र नतिजामा सोचेजस्तो आउन नसकेको विद्यालयले जानाकारी गराएको छ ।
विद्यालयमा अध्यापन हुने विज्ञान , अनिवार्य अंग्रेजी ,अनिवार्य नेपाली विषय र व्यवस्थापन संकायको नतिजा राम्रो देखिएको छ तर सबै विषयगत विषयमा अब आउने वर्षहरुमा विद्यालयले नतिजा राम्रो निकाल्नको लागि अझै लाग्नुपर्ने देखिन्छ । यसको लागि विषयगत शिक्षक मात्र तातिएर नभै विद्यालय प्रशासन , विद्यालय व्यवस्थापन समिति , अभिभावक र विद्यार्थी स्वयम् समेत सचेत हुनुपर्ने विद्यालयको भनाई छ ।







