दर्ता. न‌: २४५/०६५/०६६

राष्ट्रिय जनमोर्चाको गाउँ जागरण अभियान जारी ।

बिहानी संवाददाता । २०७६ असोज ८ । राष्ट्रिय जनमोर्चा बागलुङले सञ्चालन गरेको राष्ट्रिय स्वाधीनताको लागि गाउँ जागरण अभियान अन्तरगत टोली नं.४ ले २०७६ असोज ८ गते बागलुङ नगरपालिका वडा नं.१३ पैयुपाटामा वडा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेकोे छ ।

कार्यक्रमको  प्रमुख अतिथी राष्ट्रिय जनमोर्चाका राष्ट्रिय परिषद् सदस्य तथा अखिल नेपाल युवक संघका पुर्व केन्द्रीय अध्यक्ष तिलक थापाले भारतीय बाँधका कारण सिङ्गो तराई डुवान हुदाँ  सरकारले एक शव्द उठाउन नसक्नु भारतसंगको आत्म समर्पणवादी निति हो । यस्तो नितिले स्वाधीन मुलुक बन्न सक्दैन भन्दै राष्ट्रिय जनमोर्चाले सञ्चालन गरेको राष्ट्रिय स्वाधीनताको आन्दोलनमा  सहभागी हुन आव्हान गरे । 

कार्यक्रममा राष्ट्रिय जनमोर्चा बागलुङका सचिवालय सदस्य लोकनाथ शर्मा, जिल्ला सदस्य तथा बागलुङ नगर समितिका अध्यक्ष थानेश्वर सुवेदी,  अखिल नेपाल महिला  संघ नगर अध्यक्ष आशा रोका के.सी. लगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रम वडा समितिका अध्यक्ष भैर बहादुर रोकाको अध्यक्षता, प्रेम बहादुर रोकाको सन्चालनममा सम्पन्न भएको थिया े। अभियान अन्तरगत टोली नं ४ को कार्यक्रम बिहिबार ९ गते नारायणस्थानमा बताइएको छ  ।

यसैगरी टोली नं. ६ ले बडिगाड वडा नं. ९ दर्लिङमा जनभेटघाट कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा राष्ट्रिय जनमोर्चा बागलुङका जिल्ला अध्यक्ष अमर थापा, अखिल नेपाल युवक संघका केन्द्रीय कोषाध्यक्ष भिमसेन वन, राष्ट्रिय जनमोर्चा बडिगाडका सचिव ईश्वरमान बि.क.लगायतले मन्तव्य व्यक्त गरे । टोली नं. ६  को कार्यक्रम बिहिबार ९ गते वडा नं. १० दर्लिङमा हुने बताइएको छ ।

टोली नं. ८ ले ढोरपाटन नगरपालिका वडा नं. १ बुर्तिवाङमा वडा प्रशिक्षण भेला सम्पन्न गरेको छ । कार्यक्रममा प्रमुख अतिथि तथा राष्ट्रिय जनमोर्चा बागलुङका जिल्ला उपाध्यक्ष धर्म बहादुर कुंवर, जिल्ला सल्लाहकार गौरिश्वर पाण्डे, जिल्ला सदस्य दुर्गा देबि घर्ति , जातिय समता समाजका चुनमान नेपालीले मन्तब्य राखे । कार्यक्रम वडा समितिका अध्यक्ष दल बहादुर भन्डारिको अध्यक्षता, सहबिन अग्रेजाको सन्चालन र धन कुमारी कुंवरको स्वागत मन्तब्यमा सम्पन्न भएको थियो ।

टोली नं. १ ले भने बरेङ गाँउपालिका वडा नं.३ बाटाकाचौरमा वडा प्रशिक्षण भेला सम्पन्न गरेकोे छ । कार्यक्रमको  प्रमुख अतिथि राष्ट्रिय जनमोर्चाका नेता तथा गण्डकी प्रदेशका प्रदेश मामिला सभापती माननीय कृष्ण थापा को उपस्थिति थियो । भेलामा अखिल नेपाल महिला संघ बागलुङका अध्यक्ष तथा बरेङ गाँउपालिका उपाध्यक्ष दिल कुमारी पुन, राष्ट्रिय जनमोर्चा बरेङका सदस्य हिरा बहादुर पुन लगायतले मन्तव्य दिएका थिए । वडा समितिका अध्यक्ष पृथ्वी बहादुर पुनको अध्यक्षता, शेर बहादुर पुनको सञ्चालन र विष्णु पुनको स्वागत मन्तव्यमा सम्पन्न भएको थियो । उक्त टोली को कार्यक्रम बिहीबार ९ गते हुग्दिशिरमा हुने राजमो ले जानकारी दिएको छ ।

« सर्वोदय मा.वि बरेङ कक्षा ११ को नतिजा यस्तो रह्यो । «

» राजमो को वडा प्रशिक्षण भेला जारी, भष्ट्रचारका विरुद्ध खबरदारी । »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal