राजमो को वडा प्रशिक्षण भेला जारी, भष्ट्रचारका विरुद्ध खबरदारी ।
बिहानी संवाददाता । २०७६ असोज १० । राष्ट्रिय जनमोर्चा बागलुङले सञ्चालन गरेको राष्ट्रिय स्वाधीनताको लागि गाउँ जागरण अभियान अन्तरगत टोली नं.३ ले २०७६ असोज ९ गते जैमिनी नगरपालिका वडा नं. ९ पैयुथन्थापमा वडा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेकोे छ ।
कार्यक्रमको प्रमुख अतिथी राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य तथा जिल्ला समन्वय समिति बागलुङका प्रमुख राजेन्द्र ढुङगानाले सामान्य नागरिकबाट कर लिने तर एनसिएल जस्ता कम्पनीलाई कर मिनाहा गरेर समृद्धि आउदैन । संघीयताका कारण कर बृद्धि भएको छ, जातीय सद्भाव खल्वलिदै गएको छ । त्यसैले संघीयता खारेजीको बिकल्प नभएको भन्दै संघीयता खारेजीको लागि राष्ट्रिय जनमोर्चाले सञ्चालन गरेको राष्ट्रिय स्वाधीनताको आन्दोलनमा सहभागी हुन आव्हान गरे । कार्यक्रममा राष्ट्रिय जनमोर्चा बागलुङका जिल्ला सदस्य तथा जैमिनी नगर समितिका अध्यक्ष दिल बहादुर श्रीस लगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रम बिरेन्द्र थापाको अध्यक्षता, राम शर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।
टोली नं.४ ले २०७६ असोज ९ गते बागलुङ नगरपालिका वडा नं.१४ नारायणस्थानमा वडा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेकोे छ । कार्यक्रमको प्रमुख अतिथी राष्ट्रिय जनमोर्चाका राष्ट्रिय परिषद् सदस्य तथा अखिल नेपाल युवक संघका पुर्व केन्द्रीय अध्यक्ष तिलक थापा, राष्ट्रिय जनमोर्चा बागलुङका सचिवालय सदस्य लोकनाथ शर्मा, जिल्ला सदस्य तथा बागलुङ नगर समितिका अध्यक्ष थानेश्वर सुवेदी, अखिल नेपाल शिक्षक संघका केन्द्रीय सल्लाहकार गोविन्द्र पौडेल, अखिल नेपाल किसान संघ बागलुङका सदस्य ढुण्डीराज पौडेल, रा.ज.मो. वडा १४ का सल्लाहकार लक्ष्मी नारायण श्रेष्ठ लगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा अखिल नेपाल युवक संघका नगर सदस्य हिमाल सुवेदी, अखिल नेपाल महिला संघका सितादेवी सुवेदी, उद्योग व्यापार संघका भक्त बहादुर बि.क. को आतित्थ्यता रहेको थियो । कार्यक्रम वडा समितिका उपाध्यक्ष बेदानिधी शर्मा (बद्री )को अध्यक्षता, योगेन्द्र पौडेलको सञ्चालन र भुमीराज शर्माको स्वागत मन्तव्यमा सम्पन्न भएको थियो ।
यसैगरी टोली नं. ६ ले बडिगाड वडा नं. १० दर्लिङमा जनभेटघाट कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा राष्ट्रिय जनमोर्चा बागलुङका जिल्ला अध्यक्ष अमर थापा, ने.क.पा. मसालका जिल्ला प्रबक्ता मेक बहादुर पाईजा, अखिल नेपाल युवक संघका केन्द्रीय कोषाध्यक्ष भिमसेन वन लगायतले मन्तव्य राख्नु व्यक्त गरेका थिए । कार्यक्रम मेहर सिङ थापाको अध्यक्षता, ईश्वरमान बि.क.को सञ्चालन र धन बहादुर पुनको स्वागत मन्तव्यमा सम्पन्न भएको थियो ।
टोली नं. ५ ले गलकोट नगरपालिका वडा नं. ७ मल्ममा वडा प्रशिक्षण भेला सम्पन्न गरेको छ । कार्यक्रममा प्रमुख अतिथि तथा राष्ट्रिय जनमोर्चा बागलुङका जिल्ला सल्लाहकार बेदीलाल सापकोटा, जिल्ला सदस्य पदम श्रेष्ठ, नगर सदस्य नारयण सापकोटा, पुर्व वडा समितिका सचिव राजकुमार दर्जी लगायत मन्तब्य राखे । कार्यक्रम वडा समितिका अध्यक्ष दल बहादुर थापाको अध्यक्षता, वडा समिती सचिव मिन बहादुर दर्जीको सञ्चालन र सहसचिव भरत के.सी.को स्वागत मन्तब्यमा सम्पन्न भएको थियो ।
टोली नं. ७ ले ढोरपाटन नगरपालिका वडा नं. ३ घोसामा वडा प्रशिक्षण भेला सम्पन्न गरेको छ । कार्यक्रममा प्रमुख अतिथि तथा राष्ट्रिय जनमोर्चा बागलुङका जिल्ला सल्लाहकार गौरिश्वर पाण्डे, जातिय समता समाज गण्डकी प्रदेश सदस्य तथा ढोरपाटन नगर कार्यपालिका सदस्य नर बहादुर बि.क., अखिल छैठौं बागलुङका अध्यक्ष इन्द्रमणी पाण्डे, अखिल नेपाल युवक संघ ढोरपाटन ३ का वडा समिति अध्यक्ष मनोज सुनारले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रम वडा समितिका अध्यक्ष हिरा बहादुर खत्रीको अध्यक्षता, मुमलाल घिमिरेको सञ्चालन र खिम बहादुर सुनारको स्वागत मन्तव्यमा सम्पन्न भएको थियो ।
टोली नं. ८ ले निसीखोला गाँउपालिका वडा नं. १ देविस्थानमा वडा प्रशिक्षण भेला सम्पन्न गरेको छ । कार्यक्रममा प्रमुख अतिथि तथा राष्ट्रिय जनमोर्चा बागलुङका जिल्ला उपाध्यक्ष धर्म बहादुर कुंवर, जिल्ला सदस्य खिम बिक्रम शाही, थम्मन घर्तीले मन्तब्य दिएका थिए । कार्यक्रम वडा समितिका अध्यक्ष मुक्त बहादुर सिंहको अध्यक्षता, लाल बहादुर सिंजालीको सञ्चालन र मान बहादुर पुनको स्वागत मन्तब्यमा सम्पन्न भएको थियो ।
टोली नं. १ ले बरेङ गाँउपालिका वडा नं.२ हुग्दीशिरमा वडा प्रशिक्षण भेला सम्पन्न गरेकोे छ । कार्यक्रमको प्रमुख अतिथी राष्ट्रिय जनमोर्चाका नेता तथा गण्डकी प्रदेशका प्रदेश मामिला सभापती माननीय कृष्ण थापा को उपस्थिथिमा राष्ट्रिय जनमोर्चा बागलुङका सचिवालय सदस्य तथा बरेङ गाँउपालिका अध्यक्ष कृष्ण पौडेल, अखिल नेपाल महिला संघ बागलुङका अध्यक्ष तथा बरेङ गाँउपालिका उपाध्यक्ष दिल कुमारी पुन, राष्ट्रिय जनमोर्चा बागलुङका जिल्ला सदस्य हिरा थापा, राष्ट्रिय जनमोर्चा बरेङका सदस्य हिरा बहादुर पुन लगायतले मन्तव्य व्यक्त गरेका थिए । वडा समितिका अध्यक्ष केयरसिङ पुनको अध्यक्षता, चन्द्र बहादुर श्रीसको सञ्चालन र पुर्ण बहादुर पुनको स्वागत मन्तव्यमा सम्पन्न भएको थियो ।
« राष्ट्रिय जनमोर्चाको गाउँ जागरण अभियान जारी । «
» बागलुङ सेवा समाज क्यानडाद्वारा सर्वोदय माविका विद्यार्थीलाई छात्रवृत्ति । »







