दर्ता. न‌: २४५/०६५/०६६

बागलुङ सेवा समाज क्यानडाद्वारा सर्वोदय माविका विद्यार्थीलाई छात्रवृत्ति ।

केशबराज क्षेत्री, बरेङ । २०७६ असोज १० । बागलुङ समाज क्यानडाले सर्वोदय माध्यमिक विद्यालयमा अध्ययनरत एक छात्र विद्यार्थीलाई छात्रवृत्तिद्धारा सम्मान गरेको छ  ।

कक्षा ८ मा अध्ययनरत विद्यार्थी बरेङ गाउँपालिका वडा नम्बर १ धुल्लुबास्कोट झुलेका भिम बहादुर छन्त्याललाई शुक्रबार बागलुङ समाज क्यानडाका संयोजक मतिप्रसाद पाध्याद्धारा छात्रवृत्तिद्धारा सम्मान गरिएको हो । 

संयोजक पाध्याले एक कार्यक्रमका बीच विद्यार्थी छन्त्याललाई स्टेशनरी सामान, विद्यालय पोशाक र नगद रकम सहित रु.७ हजार १ सय बराबरको छात्रवृत्ति दिएका हुन्  । २०७२ बैशाख १८ गतेकोे आगोलागीबाट पीडित घरधुरिमध्य एक जना गरिब जेहेन्दार, लगनशील विद्यार्थीलाई कक्षा १० सम्म निशुल्क पठनपाठन र पठनपाठनमा लाग्ने सम्पुर्ण शुल्क बेहोर्ने प्रतिबद्वता अनुसार अध्ययन गर्नका लागि राहत हुने गरि छात्रवृत्ति दिने गरिएको पाध्याले बताए । 

सर्वोदय माध्यमिक विद्यालयले भने बागलुङ क्यानडा समाजले प्रशंसनीय काम गरेको र आगामी दिनमा अझ बढी भन्दा बढी यस्तै गरिबदुखी विद्यार्थीलाई सहयोग गर्ने कार्य गरोस् भन्दै शुभकामना दिएको थियो । छात्रवृत्ति वितरण कार्यक्रम सर्वोदय माध्यमिक विद्यालयका शिक्षक ओम बहादुर पुनले सञ्चालन गरेका थिए ।

« राजमो को वडा प्रशिक्षण भेला जारी, भष्ट्रचारका विरुद्ध खबरदारी । «

» दशैँ नजिकिए सँगै बुटवल बरेङ खण्डको मोटरबाटो सरसफाई »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal