दर्ता. न‌: २४५/०६५/०६६

दशैँ नजिकिए सँगै बुटवल बरेङ खण्डको मोटरबाटो सरसफाई

प्रकाश छन्त्याल, बरेङ । २०७६असोज १०  । निरन्तरको अविरल वर्षाका कारण अवरुद्ध भएका बुटवल बरेङ खण्डको मोटरबाटो सरसफाई कार्य सम्पन्न भएको छ ।

बागलुङको बरेङ गाँउपालिकाले दशैँ नजिकिए सँगै अवरुद्ध भएका मोटरबाटो सरसफाई कार्य शुक्रबार सम्पन्न गरेको हो ।

बरेङ गाँउपालिका अध्यक्ष कृष्ण प्रसाद शर्माको बिशेष पहल तथा गाँउपालिका ईन्जिनियर कृष्ण थापाको निगरानीमा बाटो सरसफाई भएको बताइएको छ । यात्रुहरुलाई बाटो हिड्न असहजता भएकोे गुनासो आएपछि गाउँपालिकाको पहलमा अवरुद्ध मोटरबाटो सरसफाइ गरिे समाधान गरिएको पालिकाले बताएको छ ।

बुटवल बरेङ खण्डको मोटर बाटोमा आजबाट साना तथा ठुला गाडी सहजताका साथ आवत जावत गर्न सक्ने बरेङ गाँउपालिका सब ईन्जिनियर अनकलाल शर्माले रेडियो बिहानीलाई जानकारी दिएका छन्  ।

« बागलुङ सेवा समाज क्यानडाद्वारा सर्वोदय माविका विद्यार्थीलाई छात्रवृत्ति । «

» राष्ट्रिय स्वाधिनताका लागि गाउँ जागरण अभियानमा राजमो »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal