राष्ट्रिय स्वाधिनताका लागि गाउँ जागरण अभियानमा राजमो
बिहानी संवाददाता बागलुङ । २०७६ असोज १४ । राष्ट्रिय जनमोर्चा बागलुङले सञ्चालन गरेको राष्ट्रिय स्वाधीनताको लागि गाउँ जागरण अभियान अन्तरगत २०७६ असोज १३ गते टोली नं. ४ ले काठेखोला गाँउपालिका वडा नं. ३ धम्जामा वडा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेकोे छ ।
कार्यक्रममा प्रमुख अतिथी राष्ट्रिय जनमोर्चाका राष्ट्रिय परिषद् सदस्य तथा अखिल नेपाल युवक संघका पुर्व केन्द्रीय अध्यक्ष तिलक थापाले देशमा ईतिहास कै बलियो सरकार भएपनि राष्ट्रिय स्वाधीनता रक्षाको लागि पहल गर्न नसकेको बताउदै भारतले सिमा क्षेत्रमा एकतर्फी रुपले बाँध निर्माण गरि नेपाली भुमी डुवानमा पार्दा र नेपाली भुमी अतिक्रमित हुदाँ समेत भारत सामु कुरा उठाउन नसक्नु दुखद कुरा हो । यस्तो कार्य शैलीले स्वाधीन मुलक बन्न नसक्ने भन्दै राष्ट्रिय स्वाधीनताका लागि राष्ट्रिय जनमोर्चाले सञ्चालन गरेको अभियानमा सामेल हुन आव्हान गरेका छन् ।
कार्यक्रम राष्ट्रिय जनमोर्चा बाग्लुङका सचिवालय सदस्य तथा अखिल नेपाल युवक संघका केन्द्रीय उपाध्यक्ष लक्षमण पुन, जिल्ला सल्लाहकार तथा काठेखोला गाँउपालिकाका उपाध्यक्ष अर्जुन के.सी., अखिल नेपाल शिक्षक संघ काठेखोलाका सदस्य कुलदिप क्षेत्री लगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रम वडा समितिका अध्यक्ष पुर्ण बहादुर थापाको अध्यक्षता, अखिल छैठौ बागलुङका जिल्ला सदस्य निर्मल कुमार बि.क.को सञ्चालन र रुद्र बहादुर थापाको स्वागत मन्तव्यमा सम्पन्न भएको थियो ।
टोली नं. ५ ले गलकोट नगरपालिका वडा नं.५ र ६ को वडा प्रशिक्षण भेला हरिचौरमा सम्पन्न गरेको छ । कार्यक्रममा प्रमुख अतिथि तथा राष्ट्रिय जनमोर्चा बागलुङका जिल्ला अध्यक्ष अमर थापा, जिल्ला सल्लाहकार बेदीलाल सापकोटा, राष्ट्रिय जनमोर्चा बागलुङका सल्लाहकार टंक के.सी., जिल्ला सदस्य बिष्णु बस्नेत, अखिल नेपाल शिक्षक संघ बागलुङका सदस्य पुर्ण चोखाल, जातिय समता समाज बागलुङका अध्यक्ष खडक बि.क. लगायतले मन्तब्य राखेका थिए । कार्यक्रम वडा समितिका अध्यक्ष अमर बहादुर खत्रीको अध्यक्षता, सचिव तम बहादुर कार्कीको सञ्चालन र अखिल नेपाल महिला संघ गलकोट नगर अध्यक्ष देवी खत्रीको स्वागत मन्तव्यमा सम्पन्न भएको थियो ।
टोली नं. ८ ले निसीखोला गाँउपालिका वडा नं. ५ र ६ को प्रशिक्षण भेला कार्यक्रम निसीमा सम्पन्न गरेको छ । कार्यक्रममा प्रमुख अतिथि तथा राष्ट्रिय जनमोर्चा बागलुङका जिल्ला उपाध्यक्ष धर्म बहादुर कुंवर, जिल्ला सदस्य खिम बिक्रम शाही, थम्मन घर्ती, अखिल नेपाल शिक्षक संघका छविलाल बुढा लगायतले मन्तब्य दिएका थिए । कार्यक्रम वडा समितिका अध्यक्ष नीर बहादुर बुढाको अध्यक्षता, दिपक पुनको सञ्चालन र उजुरसिङ घर्तीको स्वागत मन्तव्यमा सम्पन्न भएको थियो ।
टोली नं. २ ले जैमिनी नगरपालिका वडा नं. १ कुश्मीशेरामा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेकोे छ । कार्यक्रममा प्रमुख अतिथी राष्ट्रिय जनमोर्चा बागलुङका जिल्ला सदस्य तथा जैमिनी नगर अध्यक्ष दिल बहादुर श्रीस लगायतले मन्तव्य राख्नु भएको थियो । अखिल नेपाल जनजाती सम्मेलनका केन्द्रीय सल्लाहकार नर बहादुर पुन, अखिल नेपाल जनजाती सम्मेलनका केन्द्रीय उपाध्यक्ष के.बि. थापा, राष्ट्रिय जनमोर्चा बागलुङका जिल्ला सदस्य रुद्रा के.सी. लगायतले मन्तव्य राखेका थिए । कार्यक्रम वडा समितिका उपाध्यक्ष टीका थापाको अध्यक्षता, ठाकुर शर्माको सञ्चालन र बासुदेव आचार्यको स्वागत मन्तव्यमा सम्पन्न भएको थियो ।
टोली नं. ७ ले ढोरपाटन नगरपालिका वडा नं. ९ ढोरपाटनमा जनभेटघाट कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा प्रमुख अतिथि तथा राष्ट्रिय जनमोर्चा बागलुङका जिल्ला सल्लाहकार गौरिश्वर पाण्डे, जिल्ला सदस्य तथा ढोरपाटन नगर अध्यक्ष दिपक थापाले मन्तव्य व्यक्त गरेका थिए ।







