शासकहरुले जनताको कमजोर चेतनाको फाइदा उठाए ः थापा
बागलुङ । २०७६ असोज १५ । राष्ट्रिय जनमोर्चा बागलुङले सञ्चालन गरेको राष्ट्रिय स्वाधीनताको लागि गाउँ जागरण अभियान जिल्लाका सबै नगरपालिका तथा गाउँपालिकामा विभिन्न टोली बनाएर टोली अनुसार भेला तथा प्रशिक्षण जारी रहेको छ ।
सोमबार टोली नं. ४ ले काठेखोला गाँउपालिका वडा नं. ४ तंग्राममा वडा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेकोे छ । कार्यक्रममा प्रमुख अतिथि तथा राष्ट्रिय जनमोर्चा बागलुङका जिल्ला अध्यक्ष अमर थापाले जनताहरुको कमजोर चेतना स्तरको फाईदा उठाएर सासकहरुले पटक पटक राष्ट्रियता माथी सौदावाजी गरिरहेका छन । जसका कारण देशको स्वाधीनता कमजोर बन्दै गएको बताउदै जनताको चेतना स्तर उठाएर सचेत र संगठित पार्न राष्ट्रिय जनमोर्चाले सञ्चालन गरेको अभियानलाई सफल पार्न आव्हान गरे ।
राष्ट्रिय जनमोर्चाका राष्ट्रिय परिषद् सदस्य तथा अखिल नेपाल युवक संघका पुर्व केन्द्रीय अध्यक्ष तिलक थापा, राष्ट्रिय जनमोर्चा बाग्लुङका सचिवालय सदस्य तथा अखिल नेपाल युवक संघका केन्द्रीय उपाध्यक्ष लक्षमण पुन, जिल्ला सदस्य थानेश्वर सुवेदी, अखिल नेपाल बुद्धिजीवी संघका केन्द्रीय सदस्य कमला थापा, राष्ट्रिय जनमोर्चा काठेखोलाका सचिव तथा काठेखोलाका गाउँ कार्यपालिकाको सदस्य टीका संगम बि.क. लगायतले मन्तव्य राखेको कार्यक्रममा अखिल नेपाल शिक्षक संघ बागलुङका अध्यक्ष मित्र ढकाल, अखिल नेपाल जनजाती सम्मेलन बागलुङका उपाध्यक्ष ओम बहादुर पुन, राष्ट्रिय जनमोर्चा काठेखोलाका सदस्य थमन पुन, अखिल नेपाल राष्ट्रिय उद्योग व्यापार संघ काठेखोलाका अध्यक्ष कुल प्रशाद छन्त्याल, अखिल नेपाल किसान संघ बागलुङका सदस्य दिल बहादुर पुनको आतित्थ्यता रहेको थियो । कार्यक्रम वडा समितिका उपाध्यक्ष थिर बहादुर रानाको अध्यक्षता, कृष्ण बि.क.को सञ्चालन र वडा समिति सचिव शस बहादुर बि. क.को स्वागत मन्तव्यमा सम्पन्न भएको थियो ।
राष्ट्रिय जनमोर्चा बागलुङका सल्लाहकार बेदीलाल सापकोटा, राष्ट्रिय जनमोर्चा बागलुङका सल्लाहकार टंक के.सी., जिल्ला सदस्य पदम श्रेष्ठ, बिष्णु बस्नेत, राष्ट्रिय जनमोर्चा गलकोटका नगर सदस्य नारायण सापकोटा उपस्थितिमा टोली नं. ५ ले गलकोट नगरपालिका वडा नं.३ हटियामा जनभेटघाट सम्पन्न गरेको छ ।
टोली नं. ८ ले राष्ट्रिय जनमोर्चा बागलुङका जिल्ला उपाध्यक्ष धर्म बहादुर कुंवर, जिल्ला सदस्य खिम बिक्रम शाही, थमन घर्तीको उपस्थितिमा निसीखोला गाँउपालिका वडा नं. ६ को भलकोटमा जनभेटघाट कार्यक्रम सम्पन्न गरेको छ ।
टोली नं. २ ले जैमिनी नगरपालिका वडा नं. ४ सर्कुवामा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेकोे छ । प्रमुख अतिथी राष्ट्रिय जनमोर्चा बागलुङका जिल्ला सदस्य तथा जैमिनी नगर अध्यक्ष दिल बहादुर श्रीस, अखिल नेपाल जनजाती सम्मेलनका केन्द्रीय सल्लाहकार नर बहादुर पुन, अखिल नेपाल जनजाती सम्मेलनका केन्द्रीय उपाध्यक्ष के.बि. थापा लगायतले मन्तव्य राखेको कार्यक्रममा नगर समितिका सदस्य चन्द बहादुर के.सी.को अध्यक्षता, कृष्णप्रसाद पौडेलको सञ्चालन र अखिल नेपाल युवक संघ बागलुङका सदस्य खगेन्द्र थापाको स्वागत मन्तव्यमा सम्पन्न भएको थियो ।
टोली नं. ७ ले ढोरपाटन नगरपालिका वडा नं. ७ को वडा प्रशिक्षण कार्यक्रम ढोरपाटनमा सम्पन्न गरेको छ । प्रमुख अतिथि तथा राष्ट्रिय जनमोर्चा बागलुङका जिल्ला सल्लाहकार गौरिश्वर पाण्डे, जिल्ला सदस्य तथा ढोरपाटन नगर अध्यक्ष दिपक थापा, राष्ट्रिय जनमोर्चा बागलुङका जिल्ला सदस्य पन बहादुर बि.क., धन बहादुर अदै, जातिय समता समाज गण्डकी प्रदेश सदस्य तथा ढोरपाटन नगर कार्य पालिका सदस्य नर बहादुर सुनारले मन्तव्य दिएका थिए । कार्यक्रम वडा समितिका उपाध्यक्ष झक बहादुर अदै, राम बहादुर कायत(रकम)को सञ्चालन र गुमानसिंङ कुमाईको स्वागत मन्तव्यमा सम्पन्न भएको थियो ।







