राष्ट्रिय जनमोर्चाको बृहत आमसभा कुश्मीसेरामा
बागलुङ । २०७६ असोज १५ । राष्ट्रिय जनमोर्चा बागलुङको बृहत आमसभा हुने भएको छ । राष्ट्रिय जनमोर्चा जैमिनी नगर समिति बाग्लुङको आयोजनमा बिहीबार १६ गते जैमिनी नगरपालिकाको कुश्मीसेरा बजारमा हुने बताइएको छ ।
पूर्व उपप्रधानमन्त्री तथा राष्ट्रिय जनमोर्चाका केन्द्रीय अध्यक्ष क. चित्रबहादुर के.सी र पार्टी प्रवक्ता तथा माननीय सांसद दुर्गा पौडेलको विशेष उपास्थितिमा खुल्ला बृहत आमसभा हुने राष्ट्रिय जनमोर्चा कार्यालय बागलुङले बताएको छ । कार्यक्रममा रक्तिम सास्कृतिक अभियानका केन्द्रिय कलाकारहरुद्धारा बेजोड जनबादी सांस्कृतिक कार्यक्रम समेत हुने भएकोले सबै न्याय प्रेमी जनसमुदायहरुलाई उपस्थितिको लागि आयोजकले अनुरोध गरेको छ ।
राष्ट्रिय स्वाधिनताका लागि गाउँ जागरण अभियान अन्र्तगत जिल्लाका सबै नगरपालिका र गाउँपालिकाका वडाहरुमा जनभेटघाट तथा प्रशिक्षण कार्यक्रम गरिसकेपछि बृहत आमसभाको कार्यक्रम राखिएको राष्ट्रिय जनमोर्चा जिल्ला सचिव भिमलाल पोखरेलले बताए ।







