दर्ता. न‌: २४५/०६५/०६६

जातीय समता समाज बागलुङको प्रशिक्षण भेलाको उद्घाटन, छुवाछुतको अन्त्यले मात्र समस्या हल नहुने विश्वकर्माको भनाई

बिहानी संवाददाता । २०७६ कार्तिक १ । जातीय समता समाज जिल्ला समिति बागलुङको २ दिने प्रशिक्षण भेलाको बिहीबार बागलुङ बजारमा उद्घाटन भएको छ ।  

कार्यक्रमका प्रमुख अतिथि जातिय समता समाज पुर्व केन्द्रीय अध्यक्ष तथा सल्लाहकार राजेश बिश्वकर्माले दिप प्रजवलन गरि उद्घाटन गर्नुभएको हो । सोही अवसरमा बोल्दै उहाँले दलित समुदाय सबैभन्दा बढी उत्पिडित समुदाय भएको र छुवाछूतको अन्त्यले मात्र यो समुदायको समस्या हल हुन सक्दैन त्यसकारण यो वर्गीय समस्या हो यसलाई वर्गीय रुपले नै समाधान खोज्न जरुरी रहेको बताउँदै उत्पिडित बर्गलाई प्रशिक्षित र संगठित पार्दै मुक्तिका लागि गोलबन्द पार्न आव्हान गर्नु भयो । 

कार्यक्रममा राष्ट्रिय जनमोर्चाका परिषद सदस्य तथा जिल्ला सल्लाहकार गौरीश्वर पाण्डे, परिषद सदस्य तथा अखिल नेपाल युवक संघ पुर्व केन्द्रीय अध्यक्ष तिलक थापा, राष्ट्रिय जनमोर्चा जिल्ला उपाध्यक्ष धर्म कुंवर, अखिल नेपाल जनजाती सम्मेलनका केन्द्रीय सल्लाहकार नर बहादुर पुन, अखिल छैठौका पुर्व केन्द्रीय महासचिव तथा राष्ट्रिय जनमोर्चा जिल्ला सचिव भिमलाल पोखरेल, अखिल नेपाल महिला संघका जिल्ला सदस्य रुद्रा कुमारी रोका, रक्तिम सांस्कृतिक अभियान जिल्ला सचिव सहविन अर्गेजा लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो । 

कार्यक्रम जिल्ला उपाध्यक्ष पन बहादुर बि.क.को अध्यक्षता, जिल्ला सचिव रन बहादुर रिजालको सञ्चालन र जिल्ला सदस्य नर बहादुर सुनारको स्वागत मन्तव्यमा सम्पन्न भएको थियो ।

दुई दिन सम्म चल्ने प्रशिक्षण भेलामा  विभिन्न विषयमा प्रशिक्षण, सांगठनिक कार्ययोजना सहित नयाँ नेतृत्व चयन गर्दै शुक्रबार सम्पन्न हुने बताइएको छ ।

« राष्ट्रिय जनमोर्चाको बृहत आमसभा कुश्मीसेरामा «

» राष्ट्रिय जनमोर्चा बागलुङको प्रेस वक्तव्य »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal