दर्ता. न‌: २४५/०६५/०६६

राष्ट्रिय जनमोर्चा बागलुङको प्रेस वक्तव्य

बागलुङ । २०७६ कार्तिक ४ । राष्ट्रिय जनमोर्चा जिल्ला समिति, बागलुङले आइतबार गरेका निर्णयहरु एक वक्तव्य मार्फत सार्वजनिक गरेको छ  । बागलुङ जिल्ला अध्यक्ष अमर थापाको अध्यक्षतामा बैठक बसी जिल्लाका विभिन्न विषयहरु सार्वजनिक गर्ने निर्णय गरेपछि वक्तव्य मार्फत सार्वजनिक गरेको हो । 

पार्टीको नेता तथा प्रदेश सभा सदस्य क. टेक बहादुर घर्ति मगरको निधन पछि खाली भएको बागलुङ जिल्ला निर्वाचन क्षेत्र नं. २ को प्रदेश सभा निर्वाचन (ख) मा आगामी मंसिर १४ गते हुने उप निर्वाचनमा उम्मेदवार छनोटका लागि क. सुनमाया घर्ति मगर, क. धर्म बहादुर कुँवर र क. खिम विक्रम शाहीको नाम पार्टी केन्द्रीय संसदीय बोर्डमा सिफारिस गर्ने निर्णय गरेको छ । उप निर्वाचनमा आफ्ना उम्मेदवारलाई विजयी गराउन र निर्वाचनलाई सफल पार्न सहयोग गर्नु हुन आम जनसमुदायमा अपिल गर्न त्यस क्षेत्रमा जनभेटघाटलाई तिव्रता दिने वत्तव्यमा उल्लेख गरेको छ । 

त्यस्तै बुर्तिबाङमा भएको पूर्णिमा मेलाको विकृतिलाई उजागर गरी समचार संप्रेषण गरेको भनी प्रगतिशिल प्रत्रकार संघका पत्रकार तथा नेपाल पत्रकार महासंघ बागलुङ शाखाका सदस्य लोकेन्द्र निरासीमाथि गरिएको दुव्र्यवहारप्रति दुःख प्रकट गर्दै त्यस कार्यमा संलग्न ब्यक्तिहरु उपर सम्बन्धित निकायले छानविन गरी कानुनी कार्वाहीको माग गरेको छ । 

उत्तरगंगा जलासययुक्त जलविद्युत योजना बागलुङको भुगोलमा नबनाउने चलखेल प्रति आपत्ति जनाउँदै उक्त योजना बागलुङकै भुगोलमा बन्नु पर्नेमा जोड दिन राजमोले आग्रह गर्दै वक्तव्य निकालेको छ । 

चार्डवाडको समयमा पनि सुधार हुन नसकेको मध्यपाहाडि लोकमार्गको निर्माण कार्यलाई तदारुपकताका साथ सम्पन्न गर्नु पर्नेमा जोड दिदैं जनताको बाक्लो ओहरदोहर हुने समयमा तुरुन्त मर्मत सुधार गर्न र अन्य मोटरबाटो पनि तुरुन्त सुधार गर्न सम्बन्धित निकायलाई ध्यानआकर्षणका लागि अनुरोध गरेको छ ।

बागलुङ जिल्ला राङखानी स्थायी घर भएका जनगायक क.जीवन शर्माका छोरा अखिल नेपाल युवक संघका राष्ट्रिय परिषद सदस्य  अमृत आचार्यको पेटको समस्याका कारण त्रि.वि. शिक्षण अस्पताल महाराजगञ्जमा उपचारर्थ रहनु भएको तर उहाँको थप जटिल सल्यक्रियामा सहयोग पुगोस् भनी राष्ट्रिय जनमोर्चा, बागलुङले उपचार सहयोग कोष स्थापना गरी उहाँलाई सहयोग पु¥याउने निर्णय गरेको छ । जुन प्रयोजनका लागि नेपाल बैंक लिमिटेड बागलुङ शाखामा रहेको राष्ट्रिय जनमोर्चा जिल्ला समिति बागलुङको खाता नं. ०२२००१००४१०६६७०००००१ मा संकलन गरी फेसबुक पेजमा सार्वजनिक गरी उहाँलाई बुझाईने र उहाँलाई सहयोग गर्न इच्छुक साथीहरुलाई सहयोगका लागि अनुरोध सहित विज्ञप्तीमा उल्लेख गरेको छ । 

« जातीय समता समाज बागलुङको प्रशिक्षण भेलाको उद्घाटन, छुवाछुतको अन्त्यले मात्र समस्या हल नहुने विश्वकर्माको भनाई «

» सत्यवती पहिरो पीडितलाई भारतमा रहेका नेपालीद्धारा सहयोग »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal