दर्ता. न‌: २४५/०६५/०६६

सत्यवती पहिरो पीडितलाई भारतमा रहेका नेपालीद्धारा सहयोग

प्रेम सुनार बुटवल, कार्तिक ४ ।  भारतको मुम्वईमा कार्यरत नेपालीहरुले   गुल्मीको सत्यवतीका बाढि पहिरो पीडितहरुलाई लाखौं रुपैयाँ सहयोग गरेका छन् ।  गत साउन ६ गते रातीको अविरल बर्षाका कारण आएको बाढी पहिरोबाट १३ जना आफन्त गुमाएका र  सयौं घरधुरीका परिवार  विस्थापित भएका  सत्यवती गाउँपालिका वडा नम्वर  ३  ठुलोलुम्पेक र वडा नम्वर ४ लिम्घाका पहिरो पीडितहरुलाई सो संगठनले   ३ लाख  भन्दा  बढि सहयोग हस्तान्तरण गरेको हो ।

वडा नम्वर ३ ठुलोलुम्पेक र  वडा नम्वर ४ लिम्घामा ३ लाख २ हजार ६ सय ७४ रुपैयाँ   स्थानिय तह मै पुगेर सो संगठनका नेताहरुले हस्तान्तरण गरेका हुन ।   नेपाली प्रवासी संघ भारतका केन्द्रिय अध्यक्ष  लोकनाथ भण्डारीका अनुसार उक्त  सहयोग रकम सो संगठनको महाराष्ट्र गुजराँत  संयुक्त राज्य समिति,  नवि मुम्वई नगर समितिको  अगुवाईमा संकलन गरिएको थियो ।

जसको सक्रियातामा संकलित रकम पूर्व मेची देखि पश्चिम माहकालि सम्मका नेपालीहरुले सहयोग गरेका थिए ।  उनले  नेपाली प्रवासी संघ भारतले देशका अन्य जिल्लामा पनि विपद्मा परेका नेपालीहरुको सहयोगमा आफ्नो संगठन जुट्दै आएको बताए ।

त्यस्तै  सो संगठनका केन्द्रिय सदस्य एवं संयुक्त राज्य समितिका सल्लाहकार थानेश्वर भट्ट्राईले आफ’ ठुलोलुम्पेकवासी रहेको र  आफु  स्थानियका हिसावले भन्दा  पनि  जनता  प्रति उत्तरदायी  नेकपाको  प्रवासी संगठनको हैसियतले विपदमा परेका नेपालीहरुको उद्दारमा जुटेको बताएका थिए ।

सहयोग हस्तान्तरण कार्यक्रममा केन्द्रय सांस्कृतिक विभागका संयोजक तथा ठुलोलुम्पेकका वासीन्दा रुद्र राकसकोटी , सोही स्थानमा घर भई ुमम्वईमा कार्यरत सो संगठन राज्य समिति सदस्य भीम बराल र  नवि मुम्वई नगर कमिटी सह सचिव घनश्याम सिंजाली लगायतले सहयोग संकलनमा अगुवाई गरेको सो संगठनले जनाएको छ ।

आयोजक संस्थाले सहयोगदाता सवैलाई धन्यवाद दिदै आगमी दिनमा पनि हातेमालो गरेर नेपालीहरुको उद्दार र  समृद्ध मुलुक  बनाउने अभियानमा जुट्न अपिल गरेको छ ।  ठुलोलुम्पेकका  बाढि पीडितको सहयोग रकम त्यस वडाका वडाध्यक्ष रुकबहादुर राना र यता वडा नम्वर ४ का वडाध्यक्ष  दानबहादुर रानालाई हस्तान्तरण गरिएको थियो ।  ठुलोलुम्पेकका वडा सदस्य अर्जुन त्रामुका अनुसार  शिविरमा रहेका बाढि पीडितहरुका लागि प्रयाप्त खाद्यन्न र जिन्सी सहयोग जुट्दै आएको छ ।  

उक्त संगठन र सहयोगदातालाई वडाध्यक्षद्धयले धन्यवाद दिएका थिए । सत्यवती गाउँपालिका प्रमुख  तथा सत्यवती विपद ब्यवस्थापन समितिका संयोजक  पारिश्वर ढकालका अनुसार हाल सम्म बाढि पीडितको उद्दारका लागि करिव २ करोड नगद  खातामा संकलन भई सकेको छ ।

 त्यति नै  मुल्य बराबरको  जिन्सी  भित्रिए पनि रकम संग जोडिएको छैन . घरवास विहिनहरुका लागि एकिकृत वस्ती विकासका लागि पहल भई रहेको छ ।  उनका वडा नम्वर ४ मा  ६ घरविस्थापित उच्च जोखिममा भिरकुना एक दर्जन बाढि पहिरोमा परि वडा नम्वर ४ , लिम्घा भिरकुनाका ८ जना दलित समुदायका मानिसहरुले ज्यान गुमाएका थिए ।

उता वडा नम्वर ३ ठुलोलुम्पेकका  दलित समुदायका आमा छोरा  सहित पाँच जनाले ज्यान गुमाएका थिए ।   वडा नम्वर ३ का  वडाध्यक्ष रुकबहादुर रानाका अनुसार ठुलोलुम्पकमा  १ सय १६ घरधुरी  विस्थापित र १ सय ८४ घरधुरी उच्च जोखिममा सहित ३ सय घरधुरी बाढि पहिरो पीडित रहेका छन् ।

जस मध्ये माथील्लो भागका  पहिरो पीडितहरु मध्ये ११ घरधुरी कोट मन्दिरको शिविरमा रहेको त्रिपालमा  बसी रहेका छन भने तल्लो भेगका पीडितहरु मध्ये देवडाँडामा  ६२ घरधुरीका सयौं मानिसहरु शिविरमा बसेका छन् । अन्य  केहि घरधुरीहरु आफन्तका खाली घरहरुमा बसेका छन । 

« राष्ट्रिय जनमोर्चा बागलुङको प्रेस वक्तव्य «

» बरेङमा नवआगन्तुक प्रमुख प्रशासकीय अधिकृत थापालाई स्वागत »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal