दर्ता. न‌: २४५/०६५/०६६

बरेङमा नवआगन्तुक प्रमुख प्रशासकीय अधिकृत थापालाई स्वागत

दिपेन्द्र परियार, बरेङ । २०७६ कार्तिक १७ । बरेङ गाउँपालिकाले नवआगन्तुक प्रमुख प्रशासकीय अधिकृत रमेश थापालाई स्वागत गरेको छ । 

बरेङ गाउँपालिकाका अध्यक्ष कृष्ण प्रसाद शर्माले प्रमुख प्रशासकीय अधिकृत थापालाई अविर तथा दोसल्ला, नेपाली ढाका टोपी र फुलमालाले सम्मान गर्दै स्वागत गरेका थिए । 

कार्यक्रममा बोल्दै अध्यक्ष शर्माले निर्वाचित हुँदा गरेका प्रतिबद्धता पुरा भए नभएकोबारे सबै जनप्रतिनिधिरुले आत्म समीक्षा गरिएको विधि र नीति निर्माण  ठिक तरिकाले गरिएको छ कि छैन भन्ने बारे सोच्न जरुरी रहेको बताएका थिए । शर्माले कर्मचारी र जनप्रतिनिधिको सम्बन्ध प्रगाढ भयो भने मात्र जनताले सहज तरिकाले सेवा सुविधा प्राप्त गर्ने उल्लेख गरे । युवा, जुझारु, कर्मठ, साहसी व्यक्तिको आगमन भएकोले अब गाउँपालिकाको विकास तीव्र हुने समेत विश्वास दिलाए ।

नवआगन्तुक प्रमुख प्रशासकीय अधिकृत थापाले बरेङ गाउँपालिकाको सदस्यको रुपमा उपस्थिति भएको बताउँदै आफ्नो अनुभव र भोगाई सुनाएका थिए । थापाले राज्यको सिन्दुर लगाउनेहरु व्यक्तिगत जीवन त्यागेर सामुहिक जीवन जिउनुपर्ने भन्दै विश्वासको वातावरण जरुरी रहेको र विधिको शासन स्थापित गर्ने जनप्रतिनिधि र कर्मचारीको तालमेलले मात्रै स्थानीय तह सहजै विकासको गतिमा अगाडि बढ्ने बताए । 

प्रमुख प्रशासकीय अधिकृत थापाले गाउँपालिकाको विकास निर्माण र गाउँपालिकाको प्रतिष्ठालाई सधैँ उचो राख्ने प्रतिबद्धता गर्दै नागरिकले लिएर आउने प्रत्येक निवेदन उपर उनीहरुको भविष्य जोडिएको हँुदा गम्भिर भएर काम गर्न कर्मचारीलाई  निर्देशन दिए । 

कार्यपालिका सदस्य, तथा कर्मचारीद्धारा अबिर लगाएर स्वागत तथा सम्मान गरेको कार्यक्रम गाउँपालिका अध्यक्ष कृष्णप्रसाद शर्माको अध्यक्षता बरेङ गाउँपालिकाका प्रवक्ता नरबहादुर वि.क को स्वागत मन्तव्य र सचिव मिलन श्रीसको सञ्चालनमा सम्पन्न भएको थियो । नवआगन्तुक प्रमुख प्रशासकीय अधिकृत थापा यस अघि म्याग्दिको रघुगंगा गाउँपालिकामा कार्यरत रहेको बताइएको छ ।

« सत्यवती पहिरो पीडितलाई भारतमा रहेका नेपालीद्धारा सहयोग «

» बरेङका ६ सांस्कृतिक तथा पर्यटकीय क्षेत्र पालिकाबाट घोषित हुँदै, जनता लक्षित कार्यक्रम सुचारु हुने । »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal