दर्ता. न‌: २४५/०६५/०६६

बरेङका ६ सांस्कृतिक तथा पर्यटकीय क्षेत्र पालिकाबाट घोषित हुँदै, जनता लक्षित कार्यक्रम सुचारु हुने ।

केशबराज क्षेत्री, बरेङ । २०७६ कार्तिक १८ । बरेङ गाउँपालिका कार्यपालिकाको ३० औँ बैठकले गाउँपालिकाको विकासका लागि आइतबार विभिन्न निर्णयहरु पारित गरेको छ । 

पालिका भित्रका सांस्कृतिक र पर्यटकीय क्षेत्र घोषणा गर्ने मेलमिलाप समन्वयकर्ता गराउने, त्रिवर्षीय योजना बनाउने र महिला, जनजाती, दलित बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्ग व्यक्तिहरुलाई लक्षित गरेर विभिन्न खालका कार्यक्रमहरु गर्ने निर्णय गरेको छ ।

सांस्कृति तथा पर्यटकीय क्षेत्र अन्तर्गत स्थानीय सरकार संचालन ऐन,२०७४ को दफा ९(३) बमोजिम गाउँपालिका अन्तर्गत पर्ने “सत्यवती मन्दिर र कालीलेक सिद्दथान मन्दिरलाई साँस्कृतिक क्षेत्र तथा कौडे डांडा, भैसीखोला झरना तथा भित्रिवन देउराली र भातेपोखारा” लाई पर्यटकीय क्षेत्रका रुपमा घोषणा गर्ने बताइएको छ ।

गाउँपालिकाको प्राविधिक सेवा लाई प्रभावकारी बनाउन आवश्यक पर्ने प्राविधिक जनशक्ति पदपूर्ति गर्नका लागि गाउँपालिकामा करारमा प्राविधिक कर्मचारी व्यवस्थापन सम्बन्धि कार्यविधि,२०७६ पारित गर्ने सँगै प्राविधिक शाखाबाट प्राप्त प्रतिवेदनका आधारमा प्रारम्भिक वातावरणीय प्रतिवेदनमा उल्लेखित वगर क्षेत्रबाट नदीजन्य पदार्थ उत्खनन् गर्न गाउँपालिकाको सार्वजनिक खरिद नियमावली, २०७६ बमोजिम  आन्तरिक आय ठेक्का सम्वन्धी सूचना आह्वान गर्ने र सोही अनुसार कामलाई चुस्त दुरुस्त गरी जनताको सेवा प्रति जनप्रतिनिधि र कर्मचारी सहज तरिकाले लाग्ने विश्वास निर्णयमा उल्लेखित छ  ।

गाउँपालिकाको स्वास्थ्य शाखाको परामर्श एवं गाउँपालिका अध्यक्ष स्तरको मिति २०७६।०७।१५ गतेको निर्णय बमोजिम गाउँपालिका  अन्तर्गतका स्वास्थ्य संस्थाहरुमा समायोजन पश्चात रिक्त हुन गएको पद मध्ये जम्मा एघार जना स्वास्थ्य सेवाका कर्मचारी करारमा नियुक्ति गरी कामकाजमा खटाउने निर्णयमा उल्लेख छ । 

त्यस्तै गाँंपालिकाको शासकीय प्रणालीलाई सञ्चालन तथा व्यवस्थापन गरी नेपालको संविधान, स्थानीय सरकार संचालन ऐन,२०७४ तथा अन्य प्रचलित कानुनबाट प्रदत्त काम, कर्तव्य र अधिकारको कार्यान्वयनका लागि कानुनहरु निर्माण गरी कार्यपालिकामा पेश गर्न गाँंउपालिकाको विधायन समितिलाई जिम्मवारी दिने पालिकाले बताएको छ ।

स्थानीय सरकार संचालन ऐन,२०७४ को दफा ४९(१०) बमोजिम प्रत्येक वडा कार्यालयमा मेलमिलाप केन्द्र गठन गर्ने । साथै मिलमिलाप केन्द्रमा मेलमिलाप कार्यमा आवश्यक सहयोग एबं समन्वय गर्न समन्वयकर्ता पाँच वडाबाट ५ जनालाई छनोट गरिएको र कामको जिम्मा लगाइने, गाउँपालिका अन्तर्गत आर्थिक वर्ष २०७६ ÷७७ मा कार्यान्वयन हुने पूर्वाधारजन्य योजना तथा कार्यक्रम उपभोक्ता समिति मार्फत संचालन गर्ने उल्लेखित रहेको छ  ।

पालिका भित्र लक्षित कार्यक्रम अन्र्तगत महिला लक्षित तर्फ (आमा समूह तथा महिला जनप्रतिनिधिको क्षमता विकास र असल बुहारी सम्मान कार्यक्रम ), जनजाति लक्षित तर्फ (लोक सेवा तयारी कक्षा संचालन ), ज्येष्ठ नागरिक ( आयुर्वेदजन्य औषधि तथा सरसफाई जन्य सामाग्री वितरण), बालबालिका लक्षित तर्फ (वाल वचत कार्यक्रम र कोचिङ कक्षा संचालन तथा पालिकास्तरीय परीक्षा संचालन), अपाङग लक्षित तर्फ ( घुम्ती सेवा मार्फत स्वास्थ्य उपचार तथा परिचय पत्र वितरणसेवा संचालन), दलित लक्षित तर्फ ( कोचिङ कक्षा संचालन तथा शैक्षिक सामाग्री वितरण )गर्ने निर्णयमा उल्लेख गरिएको छ ।

« बरेङमा नवआगन्तुक प्रमुख प्रशासकीय अधिकृत थापालाई स्वागत «

» एक्कासी परेको पानीका कारण धानबालीमा क्षति, किसान मर्कामा ! »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal