दर्ता. न‌: २४५/०६५/०६६

एक्कासी परेको पानीका कारण धानबालीमा क्षति, किसान मर्कामा !

केशबराज क्षेत्री, बरेङ । २०७६ कार्तिक १८ । बागलुङको दक्षिण भेगमा सोमबार दिउँसो परेको वर्षाका कारण धानबालीमा क्षति पुगेको छ ।

मानो रोपेर मुरी भित्रयाउने यो समयमा एक्कासी खेतका फाँटमा मेहनत गरिरहेको बेलामा पानी परेपछि धान खेतीमा क्षति पुगेको हो, जसका कारण किसानहरु मर्कामा परेका छन् । 

बरेङ गाउँपालिकाको हुग्दिशिर, धुल्लुबास्कोट, बाटाकाचौर र जैमिनी नगरपालिकाको राङखानी, पैयुथन्थापका करिब ७० प्रतिशत किसानको धानबाली पानीले भिजाइदिए पछि किसानहरु चिन्तित भएका छन् । केही किसानहरु तिहार अघि नै धान भित्राइसकेका थिए तर धेरै किसानहरुको खेतका फाँटमा भने पहँेलपुर अवस्थामा काटिएको र नकाटिएको धान रहेको छ  ।

कृषिलाई नेपालको प्रमुख आत्मनिर्भर बनाउने आर्थिक उपार्जनको रुपमा मानिन्छ तर  कहिले उत्पादन हुँदैन, कहिले प्राकृतिक प्रकोपले नष्ट गरिदिन्छ त कहिले उत्पादन भएको बाली ले बजार पाउँदैन । दःुख गरेअनुसार फल प्राप्ती नहुनु कृषकहरुको दुखद पक्ष हो ।

 

« बरेङका ६ सांस्कृतिक तथा पर्यटकीय क्षेत्र पालिकाबाट घोषित हुँदै, जनता लक्षित कार्यक्रम सुचारु हुने । «

» सिमा विवाद बारे कांग्रेस नेताहरुको भुमिका हेर्न नेकपाका नेता पौड्लायको आग्रह »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal