दर्ता. न‌: २४५/०६५/०६६

सिमा विवाद बारे कांग्रेस नेताहरुको भुमिका हेर्न नेकपाका नेता पौड्लायको आग्रह

बुटवल, मंसिर १ । नेपाल कम्युनिष्ट पार्टी ( नेकपा ) का स्थाई कमिटी सदस्य देबेन्द्र पौड्यालले भारत  नेपालको सिमा विवाद बारे कांग्रेसजनलाई  भ्रम नछर्न आग्रह गरेका छन ।   सांसद समेत रहेका पौड्यालले देशको सार्वभौमिकता र सिमाको सन्दर्भमा विगमा कांग्रेस नेताहरुको  भुमिकालाई हेर्न काग्रेस कार्यकर्तालाई आग्रह गर्दै नेकपा प्रति भ्रम नफैलाउन चेतावनी दिएका  छन । सरकारले कुटनैतिक माध्यमबाट सवै समस्या समाधान गर्ने उनले बताए ।

 त्यस्तै नेता पौड्यालले मध्ये पाहडी लोकमार्ग अन्तरगत बाग्लु घोडाबाँधे क्षेत्रको सडकमा काम गर्ने ठेकेदारले काम समयमा गर्न नसकेको भन्दै  उनलाई सरकारले कार्बाही गर्ने तयारी गरिरहेको  खुलासा  समेत गरेका छन ।

 वाम गठवन्धनले बडिगाड गाउँपालिका दुई दनियामा गरेको चियापान कार्यक्रममा विकास आयोजनामा ढिला हुनुमा सरकार मात्रै दोषि नहुने भन्दै संघिय सांसद समेत रहेका  पौडेलले  सडकको ठेक्का पाएको सुर्य कन्ट्रक्सनको मंसिर अन्तिममा समयावधि सकिदै गरेको र उक्त ठेक्का तोड्ने चेतावानी दिएका हुन ।   मध्यपहाडि लोकमार्ग अन्तरगत वागलुङ खण्डको अन्य सडक स्तरोन्नती सहित कालोपत्रे हुँदा पनि सदरमुकाम जोडिएको २५ किलोमिटर सडकमा पुर्ण काम हुन सकेको छैन ।

वर्तमान सरकारले लोडसेडिङ अन्त्य गरेको, झण्डै ७ प्रतिशत आर्थिक वृद्धिदर हासिल गरेको, सुरुङ मार्ग सुरु गरेको भन्दै दर्जन वढि कामको फेहरिस्त  उनले सुनाए । स कार्यक्रममा राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य, गण्डकी प्रदेश व्युरो प्रमुख राजेन्द्र ढुंगानाले कम्युनिष्ट सरकारले सकारात्मक परिवर्तनका कामहरु गरिरहेको भन्दै समृद्धि कम्युनिष्ट वाहेकवाट नहुने ठोकुवा गरे  ।

जिल्ला समन्वय समिति बागलुङको प्रमुख समेत रहेका  ढुंगानाले जिल्लाको समग्र विकासको लागि कम्युनिष्ट सरकार लागि रहेको दावी गरे । अवको चुनावमा जिल्लाका सवै वडा कम्युनिष्टको हुने भन्दै सवै कार्यकर्ताहरुलाई चुनावमा होमिन आग्रह गरे । कार्यक्रममा प्रदेश सांसद चन्द्र बहादुर बुढा सागरले प्रदेश सरकार जनताको समृद्धिको लागि दृघकालिन योजनाको साथ लागेको बताए ।

बडिगाड गाउँपालिकाका अध्यक्ष मेहरसिंह पाइजाले सवै नागरिकलाई उत्पादनमा जोड्ने गरि योजना बनाएको बताए । कार्यक्रममा वडा अध्यक्षका प्रत्यासी ढाल प्रसाद शेरचन (ढालेन्द्र) ले आफु निरन्तर समाज सेवामा लागेको र थप जिम्मेवारी सहित विकासको लागि केन्द्रिय पहुँच सहित काम गर्न आफ्नो उमेद्वारी भएको भन्दै आफुलाई मत दिन मतदातालाई आह्वान गरे ।

   

« एक्कासी परेको पानीका कारण धानबालीमा क्षति, किसान मर्कामा ! «

» देशैभरका कफी कृषक गुल्मीमा , मन्त्री ज्ञवालीद्धारा स्वागत »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal