दर्ता. न‌: २४५/०६५/०६६

देशैभरका कफी कृषक गुल्मीमा , मन्त्री ज्ञवालीद्धारा स्वागत

प्रेम सुनार, बुटवल । २०७६ मंसिर २ । कफी खेतीको जननी जिल्ला गुल्मीमा  देशैभरका कफी कृषकहरुको  जमघट भएको छ । आईतबार देशैभरबाट भेला भएका कफी कृषकहरुले  भव्य रुपमा  गुल्मीको सदरमुकाम तम्घासमा १५ औं   राष्ट्रिय कफी  दिवस मनाएका  छन ।

दिवसको उद्घाटन गर्दै  गुल्मी क्षेत्र नम्वर १ का प्रतिनिधी सभा सदस्य तथा परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवालीले सम्वोधनका क्रममा   देशैभरका कफी कृषकहरुलाई  स्वागत गर्दै  कफीको  जननी जिल्ला गुल्मीमा  राष्ट्रिय कफी दिवस आयोजना गर्ने कृषि मन्त्रालयलाई धन्यवाद दिएका थिए ।  

मन्त्री ज्ञवालीले अब हरेक कृषकले घरमा कफी खेती गर्न आग्रह गर्दै सरकारले कफी सहित आधुनिक र ब्यवसायिक कृषिमा सक्दो सहयोग गर्ने बताएका थिए ।  आज भन्दा झन्डै ८० वर्ष अघिबाट नै गुल्मीको आँपचौरबाट कफी खेतीको  सुरुवात भएको  स्मण गर्दै मन्त्री ज्ञवालीले उति बेला कफीको बजार नहुँदा आँपचौरका कृषकहरुले  फाँडेर खेर फाल्नु परेको थियो, अहिले  अन्तराष्ट्रिय बजारमा पु¥याउन नसकिने अवस्था रहेको बताए ।

केहि दिन अघि नेपाल भ्रमणमा  आएका  चिनका  राष्ट्रपतिले समेत गुल्मीको कफी पिएर मन पराएको स्मरण गर्दै मन्त्री ज्ञवालीले चिनिया बजार पाउन थाल्यो भने नेपालको कफी पु¥याउन सकिने भएकोले ब्यापक रुपमा कफी खेतीको विकासमा कृषक र सरकार लाग्नु पर्नेमा जोड दिए ।  चिनिया राष्ट्रपतिको भ्रमणका क्रममा चिनले नेपालको  सुन्तला  लगायतको अमिलो जातको फलफुल चिनमा  निर्यात गर्ने सम्झौता भएको जानकारी समेत मन्त्री ज्ञवालीले गराए ।

सोही कार्यक्रममा बोल्दै मन्त्री ज्ञवालीले कालापानीबाट नेपाली सेना हटाउन सरकार लागेको संकेत गरेका छन ।  उनले भने अतिक्रमित नेपाली भुमिबाट भारतिय सेना  हटाएर  आफ्नो भुमिको रक्षा गर्ने छौं । उनले राष्ट्रियता र सर्वभौम सत्ताका लागि अहिलेको सरकार एक कसै संग नझुक्ने  भन्दै  नेपाली जनता नेपाली भूमी रक्षाका लागि  चिन्तित हुनु नपर्ने कुरामा आश्वस्त हुन आग्रह गरेका थिए ।

  अधिंकांस पहिलो पटक गुल्मी आए

कार्यक्रमकी बिशेष अतिथी कृषि राज्यमन्त्री  रामकुमारी चौधरीले  दिवस मनाउनका लागि आफू पहिलो पटक गुल्मी आउने अवसर मिलेको बताईन । मैले यहाँका गाउँ ठाउँको उच्चारण गर्न समेत जान्दिँन , म पूर्व एक नम्वर प्रदेशको मान्छेको भाषा समेत यहाँको भन्दा अर्कै छ , जे होस् कफीको जननी जिल्ला गुल्मी आउँदा हर्षित छु उनले  भनिन ।

सिन्धुपाल्चोक जिल्लाको कफी विकास सहकारी संस्थाकी अध्यक्ष मञ्जु थापाले पनि आफू पहिलो पटक गुल्मी आएको बताईन ।  चिया खेतीको उद्मग थलो ईलाम लगायतका जिल्लाबाट पनि धेरै जना कृषकहरु पहिलो पटक गुल्मी आएको बताउँदै थिए ।  राष्ट्रिय कफी दिवसले आन्तरिक पर्यटकको विकास समेत गरेको छ । विभिन्न जिल्लाबाट गुल्मी आएका कफी  तया चिया खेती कृषकहरुले गुल्मीका प्रशिद्ध धार्मिक क्षेत्र रिडी र रेसुङगाको पनि दर्शन गरेका छन् ।

राष्ट्रिय कफी दिवसको आयोजक  कृषि मन्त्रालयका  सचिव युवकध्वज जिसीले कफीको जननी जिल्ला गुल्मीमा  देश मै पहिलो पटक  जिल्ला बाहिर  राष्टिय कफी दिवस मनाउन पाएकोमा  देशैभरका कफी कृषकहरुको  कुल पुजा मनाउन आए जस्तो महशुस भएको बताए ।  गुल्मी कै बासीन्दा जिसीले   देशको कृषि उत्पादनलाई आधुनिकीकरण र ब्यवसायीकरण गर्न मन्त्रालयले विभिन्न कार्यक्रम अगाडी सारेको बताए ।   

 आँपचौरमा कफीको ईतिहास

आँपचौर कफी विकास केन्द्रका प्रमुख तथा कफी सुपरजोन कार्यक्रमका  समेत प्रमुख रहेका बद्रि प्रसाद पौड्यालका अनुसार आँपचौरका साधु सन्त हिरा गिरिले विक्रम सम्वत १९९५ सालमा  वर्माबाट कफीको वेर्ना ल्याएर कफी खेतीको सुरुवात गरेका थिए । २०३२ साल देखि अरुले पनि कफी खेतीको बिस्तार गर्न सुरु गरेका थिए ।

२०४२ सालमा तत्कालिन राजा विरेन्द्र आँपचौरको कफी खेतीको अवलोकन गर्न आए पछि   सरकारीतौरबाट कफी विकास केन्द्रको समेत  स्थापना भएको थियो ।  दोश्रो पटक पनि आँपचौर आएका राजा विरेन्द्रले ठुलै सिचाई योजना  पारिदिए पछि  कृषकहरुले  कफी फाँड्दै धान खेती  गर्न थालेको म’सिकोट नगरपालिकाका मेयर सोमनाथ सापकोटाले बताए  । उद्गम थलो  आँपचौर मै कफीका बोट देख्न मुस्कील भई सकेको थियो,  उनले भने यसर्थ मुसिकोट नगरपालिकाले नयाँ शिराबाट आँपचौरको कफी खेतीको विकास सुरु गरेको छ मेयर सापकोटाले भने कफी खेतीमा कृषकहरुलाई प्रोत्साहित गर्नका लागि तिन वर्षे प्याकेज कार्यक्रम सुरु गरिएको त्यस अवधीमा सय वोट लगाउनेले  पहिलो बर्ष ५ हजार दोश्रो बर्ष गोड मेल गरेपछि ३ हजार र तेश्रो बर्ष पनि गोड मेल गरे पछि  २ हजार सहित १० हजार अनुदान दिने गरेका र्छौं ।

त्यस अवधीमा एक हजार कफीका बिरुवा लगाउने  कृषकले एक लाख अन’दान पाउने छन  । यस्तो कार्यक्रम  म’सिकोट नगरपालिकाले अगाडी सारेपछि हाल सम्म ५० हजार कफीको बिरुवा रोपिएको र यो क्रम बढाउँदै लगिने मेयर सापकोटाले बताए ।  कफी सुपरजोन गुल्मीका प्रमुख बद्रिप्रसाद पौड्लका अनुसार  प्रति हेक्टर २ सय १२  किलो कफी उत्पादन हुने गरेको छ ।

गत बर्ष ४.१ प््रतिशत क्षेत्रफलमा कफी उत्पादन भएको थियो । जसबाट ३.३ प्रतिशत कफी उत्पादन भएको थियो । गुल्मीको कुल जनसंख्याको ३.४ प्रतिशत कृषकहरुले  कफी खेती गर्ने गरेका छन् ।  राष्टिय चिया तथा कफी विकास वोर्डका निमित्त कार्यकारी निर्देशक दिपक खनाल लगायतको टोलीले शनिवार जिल्लामा कफी विकासका सम्वन्धमा अन्तरकृया कार्यक्रम समेत गरेको थियो ।

आर्थिक बृद्धिका लागि किशानको हात , गुणस्तरिय कफी रोपण अभियानमा सबैको साथ भन्ने मुल नाराका साथ मनाईएको राष्टिय कफी  दिवस कार्यक्रमका देशभरका करिव ६ हजार  अगुवा कफी कृषकहरुको सहभागिता थियो ।  चिया तथा कफी विकास वोर्डका  योजना अधिकृत गौरव लुईटेलले भोली देश कै पहिलोा कफी अनुसन्धान केन्द्रको अवलोकन गर्न मन्त्रालयबाट आएको   टोली  गुल्मी कै रुरु क्षेत्र गाउँपालिकाको भण्डारीडाँडामा जाने भएको छ ।

दिवसको  सह आयोजकको भूमिकामा   जिल्ला समन्व्य समिति गुल्मी , यहाँका विभिन्न नगरपालिका र  जिल्ला सहकारी संघ लगायतका संघ संस्थाहरु रहेका थिए । कार्यक्रममा प्रदेश सांसदहरु कमलराज श्रेष्ठ ,  खड्क केसी , दिनेश पन्थी ,  जिल्ला समन्व्य प्रमुख लक्ष्मण पराजुली,  र विभिन्न  गाउँ र नगरपालिकाका प्रमुखहरुको आतिथ्यता रहेको थियो ।

« सिमा विवाद बारे कांग्रेस नेताहरुको भुमिका हेर्न नेकपाका नेता पौड्लायको आग्रह «

» नेकपाको दुई तिहाई बहुमतको सरकारले खुट्टा नकमाई उचित कदम चाल्नुपर्ने ः रेग्मी »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal