दर्ता. न‌: २४५/०६५/०६६

धुल्लुबाँस्कोटका पहिरो पिडितलाई बागलुङ समाज पोखराद्वारा राहत प्रदान ।

प्रकाश छन्त्याल, लुरुङ । १७ आषाढ २०७५ । गत सोमबार राति परेको वर्षाका कारण पहिरोमा परि ज्यान गुमाएका धुल्लुबास्कोटका विष्णु बहादुर क्षेत्रीका घरपरिवार तथा धुल्लुबास्कोटका विस्थापित घरपरिवालाई बागलुङ समाज पोखराले नगद रु १ लाख १ हजार १ सय ११ रुपैया आर्थिक सहयोग सहयोग गरेको छ । 

बागलुङ समाज पोखराका अध्यक्ष कुलचन्द्र शर्मा र सदस्य द्वय भागिरथ शर्मा र तिलक थापा, बरेङ गाउँपालीकाका अध्यक्ष कृष्ण प्रसाद शर्मा लगाएतको टोलिले मृतक तथा विस्थापित परीवारका घरमै पुगेर आर्थिक सहयोग गरेको होे ।

अध्यक्ष शर्माले घरबास गुमाएकाहरुका लागी क्षतिको प्रकृति हेरेर राहत हस्तान्त्रण गरिएको बताउँदै देश विदेशमा रहेका सम्पुर्ण व्यक्ति संघसस्था लगाएतालई सहयोगको लागी अपील गरिएको समेत बताउनुभएको छ । 

प्राप्त राहतको सूचि अनुसार मृतकका छोरीहरु मञ्जु क्षेत्री र अस्मिता क्षेत्रीलाई एकमुष्ठ रु १ लाख १ हजार १ सय ११ र पदम बहादुर के.सी. का  छोरा बर्ष ८ का मौषम केसी लाई रु ५ हजार ५ रुपैया राहत रकम हस्तान्तरण गरिएको छ ।

सोमबार राति परेको बाढिले धुल्लुबास्कोट लुरुङका विष्णु बहादुर क्षेत्री सहीत उहाँकी श्रीमति विष्णुमाया र ३ महिने छोरीको ज्यान गएको थियो भने धुल्लुबास्कोट र हुग्दिशिरमा गरी ३८ घरपरिवार विस्थापित भएका छन भने करोडौँको खेतबारीमा क्षेति पु¥याएको थियो ।

« धुल्लुबास्कोटका पहिरो पिडीतलाई राजमो बागलुङको राहत । «

» प्रगतिशील पत्रकार संघ बागलुङद्धारा विजय बचाउ अभियान सुरु ।। मानवीय सेवामा समर्पण हुन संघका अध्यक्ष सुवेदीद्धारा सबैमा अपिल । »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal