दर्ता. न‌: २४५/०६५/०६६

नेकपाको दुई तिहाई बहुमतको सरकारले खुट्टा नकमाई उचित कदम चाल्नुपर्ने ः रेग्मी

हरिकुमार केसी, गुल्मी । २०७६ मंसिर ५ । हालै प्रकाशित राजनीतिक  नक्सामा लिपुलेख , काला पानी र लिम्पियाधुरा भारतले आफ्नो देशमा पर्ने गरि नक्साङ्कन गरे पछि देश व्यापी रुपमा आम नेपालीहरु बाट यसको ब्यापक विरोध भैरहेको छ । यसै बीच राष्ट्रिय जनमोर्चा कालीगण्डकी गाउँ पालिका गुल्मी को आयोजनामा कालीगण्डकी गा.पा.६ खड्गकोटको थालुङ्गमा बुधबार विरोध सभा सम्पन्न भएको छ । 

कालीगण्डकी ६ का  राजमो अध्यक्ष चित्र ब.थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अखिल नेपाल किसान संग का केन्द्रीय अध्यक्ष भैरव राज रेग्मीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि रेग्मीले सिमा अतिक्रमण विरुद्ध सम्पूर्ण राजनैतिक दल र जनताले विरोध गरिरहेको बेलामा नेकपाको २ तिहाई बहुमतको सरकारले खुट्टा नकमाई तुरुन्त उचित कदम चाल्नुपर्ने बताउनुभयो । रेग्मीले  १९५० का असमान सन्धि खारेज गर्नुपर्नेमा  जोड दिनु भएको थियो ।

कालीगण्डकी गा.पा. उपाध्यक्ष तारा क्षेत्रीको विशिस्ट आतिथ्यता रहेको सो कार्यक्रममा राजमो जिल्ला सदस्य पूर्ण बहादुर थापा, राजमो कालीगण्डकी गा.पा. का अध्यक्ष गंगा के.सी., कालीगण्डकी गाउँ पालिका ६ का निर्वा्चित वार्ड सदस्यहरु  पूर्ण ब. थापा ,मोती थापा लगायतको को आतिथ्यता रहेको थियोे ।

कार्यक्रममा स्थानीय रक्तिम परिवारका कलाकारहरुले जनता र देश भक्ति भाव पूर्ण गित संगीत प्रस्तुत गरेका थिए  ।

« देशैभरका कफी कृषक गुल्मीमा , मन्त्री ज्ञवालीद्धारा स्वागत «

» फुलबारीमा बालाचतुर्दशी मेला हुदँै, मेला संरक्षणमा युवाहरुको सक्रियता ! »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal