फुलबारीमा बालाचतुर्दशी मेला हुदँै, मेला संरक्षणमा युवाहरुको सक्रियता !
हरिकुमार केसी, पूर्तिघाट, गुल्मी । २०७६ मंसिर ५ । गुल्मीको कालिगण्डकी गाउँपालिका ६ खड्गकोट फुलबारीमा दोश्रो बालाचतुर्दशी मेला संचालन हुने भएको छ ।
बाला चतुर्दशी मेला उत्थान समितिको आयोजनामा यहि मंसिर ९ गते मेलाको आयोजना गरिएको हो । ऐतिहासिक धार्मिक स्थल फुलबारी पूर्तिघाट क्षेत्र ओझेलमा पर्न थाले पछी स्थानीय कमल ज्ञवाली, रमेश ढकाल लगायतका युवा हरुको शक्रियतामा बाला चतुर्दसी मेलालाई पुनरुत्थान गर्दै यस क्षेत्र को प्रचारप्रसार गर्ने उद्देश्यका साथ २०७५ शाल मा बाला चतुर्दसी मेला उत्थान समिति गठन गरेर मेला आयोजना गरिएको थियो ।
यस बर्षको बालाचतुर्दसी मेलामा चर्चित रास्ट्रीय कलाकारहरुको प्रस्तुति संगै पन्चेबाजा प्रतियोगिता, लोक सांस्कृतिक नृत्य प्रतियोगिता, भजन प्रतियोगिता लगायतका कार्यक्रमको आयोजना गरिएको छ । त्यस्तै सामुहिक सतबिज छर्ने कार्यक्रम र कालिगण्डकी नदीमा तोरण तार्ने कार्यक्रम पनि रहेको बालाचतुर्दसी मेला उत्थान समितिका अध्यक्ष कमल ज्ञवालीले जानकारी दिए ।
मेलालाई सफल बनाउनको लागि कालिगण्डकी गाउँपालिका र ६ नम्बर वडा कार्यालयले आर्थिक सहयोग गरेका छन् । गाउँपालिका भित्रका धार्मिक र सांस्कृतिक स्थलहरुको संरक्षण र सम्बर्दन ले मात्र समृद्द कालिगण्डकी गाउँपालिकाको सपना पुरा हुने भन्दै गाउँपालिका अध्यक्ष बेद बहादुर थापाले सबै मिलेर यस्ता स्थलहरुको संरक्षण र प्रबर्दन गर्नुपर्ने बताए । थापाले मेला संरक्षणको लागि युवाहरुले गरेको प्रयत्नको प्रशंसा गर्दै गाउँपालिकाले आबश्यक सहयोग गर्न सधै तयार रहेको बताए ।
« नेकपाको दुई तिहाई बहुमतको सरकारले खुट्टा नकमाई उचित कदम चाल्नुपर्ने ः रेग्मी «







