धुर्कोटमा रेडियो सञ्चालन , मन्त्री गिरिद्धारा उद्घाटन
प्रेम सुनार,गुल्मी, मंसिर ८ । गुल्मीमा पहिलो पटक स्थानिय सरकार मैं दर्ता र अनुमति दिइ सामुदायिक रेडियो धुर्कोट १०२.२ मेघाहर्ज सञ्चालनमा आएकोछ । धुर्कोट गाउँपालिकाले अनुमति दिए लगत्तै तिन महिना अघि देखि परिक्षण प्रशारण भई रहेको सामुदायिक रेडियो धुर्कोटको उद्योग पर्यटन बन तथा वातवरण मन्त्री लिला गिरिले औपचारिक उद्घाटन गरेका हुन ।
स्थानिय सरकार सञ्चालन ऐनले दिएको अधिकार प्रयोग गरि एक सय वार्डको रेडियो स्थानिय सरकारले नै दर्ता गर्न र अनुमति दिन पाउने भएकोले सोही अनुरुप धुर्कोट गाउँपालिकाले धुर्कोट बहुउद्देश्यीय सहकारी संस्थाद्धारा सामुदायिक रेडियो धुर्कोट १०२. २ मेघाहर्ज सञ्चालनको अनुमति दिएको त्यस गाउँपालिका अध्यक्ष भुपाल पोखरेलले जानकारी दिए । गाउँपालिका उपाध्यक्ष शिवबहादुर खत्रीका अनुसार समुदाय र धुर्कोट गाउँपालिकाको संयुक्त शेयर लगानीमा रेडियो सञ्चालनमा आएको हो ।
धुर्कोट गाउँपालिका सरकारले नै अनुमति दिई जिल्लामै पहिलो पटक रेडियो सञ्चालन गर्न सफल भएकोमा मन्त्री गिरिले बधाई दिए । त्यस रेडियो गुल्मी , छिमेकी जिल्ला अर्घाखाँची , बाग्लुङ्क र प्युठान सम्मका श्रोताले सुन्न सकिने जनाईएको छ उद्घाटन कार्यक्रममा प्रदेश सांसदद्धयः दिनेश पन्थी , खड्क केसी नेकपाका नेता टिकाराम ढकाल , नेपाली कांग्रेसका नेता छन्द पहराई लगायतले शुभकामना मन्तब्य राखेका थिए ।
सहकारी संस्था एवं रेडियो सञ्चालक समितिका अध्यक्ष निमबहादुर पाण्डेको अध्यक्षतमा सम्पन्न कार्यक्रममा उपाध्यक्ष लुमकान्त भण्डारीको स्वागत मन्तब्य र सचिव कृष्ण केसीको सञ्चालन रहेको थियो ।
« फुलबारीमा बालाचतुर्दशी मेला हुदँै, मेला संरक्षणमा युवाहरुको सक्रियता ! «
» बैंकिङ एवं ट्राफिक सुरक्षालाई मध्यनजर गर्दै निर्माण गरिएको प्रहरी बिट हस्तान्तरण ! »







