बिहानी बहुउद्देश्यीय सहकारीद्धारा एसएमएस बैंकिङ सेवा सुचारु !
केशबराज क्षेत्री, बरेङ । २०७६ मंसिर १२ । बिहानी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड बरेङले एसएमएस बैंिकङ सेवाको सुरुवात गरेको छ ।
सदस्यहरुकै माग र सदस्य लक्षित गरेर आर्थिक वर्ष २०७६÷०७७ को प्रस्तावित नीति तथा कार्यक्रम मध्यको एसएमएस बंैकिङ सेवालाई आज(बिहीबार) बाट सञ्चालनमा ल्याइएको संस्थाका प्रबन्धक शेखर थापाले बताए ।
आफ्नो खातामा भएको मौज्दात रकम अरु कसैबाट दुरुपयोग भए नभएको, बचत के कति रहेको साथै ऋणको किस्ता रकम असुली गरेको वा नगरेको जानकारी पाउनको लागि एसएमएस बंैकिङ सदस्य लक्षित सेवाको आवश्यतालाई संस्थाले सञ्चालनमा ल्याएको प्रबन्धक थापाले बताए ।
अरु मार्फत गरेको कारोबार घरमै बसेर थाहा पाउनको लागि सदस्यहरुले गत आ.व बाट नै एसएमएस बंैकिङ सेवाको माग गरेका थिए । एसएमएस बैंकिङ सेवा सञ्चालनका लागि केही रकम लाग्नेछ । सोही सेवा सुरुवात गरेको पहिलो दिनमै १० सदस्यले लाभ लिईसकेका र सेवा लिएपछि सदस्यहरुले खुसी व्यक्त गरेको संस्थाले जानकारी गराएको छ ।
संस्थाले यही आ.व मा कृर्षिजन्य उत्पादनलाई संकलन, प्रशोधन र बजारीकरण गर्ने ध्येयले ग्रामिण समुदायका सदस्यहरुले उत्पादन गरेको मकै, कोदो, लगायत अन्य खाद्यबाली खरिद गरि प्याकेटिङ गरेर बिक्री वितरण गर्ने थप योजना लगत्तै सुचारु गर्ने पनि बताएको छ ।
« बैंकिङ एवं ट्राफिक सुरक्षालाई मध्यनजर गर्दै निर्माण गरिएको प्रहरी बिट हस्तान्तरण ! «
» सुआहाराद्धारा बाटाकाचौर साग्दीका गर्भवती महिलाहरुलाई पोषण सामाग्री वितरण »







