दर्ता. न‌: २४५/०६५/०६६

बेनीको संगिनी सहकारीका सञ्चालकलाई क्षमता अभिवृद्धि तालिम

बेनी, २०७६ मंसिर १५ । संगिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेड बेनी म्याग्दीको आयोजनामा सञ्चालक समिति र लेखा समितिका पदाधिकारी तथा सदस्यहरुका लागि एक दिने क्षमता अभिवृद्धि तालिम शनिवार सम्पन्न भएको छ ।

  संस्थाको हालै सम्पन्न सातौ वार्षिक साधारणसभाबाट निर्वाचित सञ्चालक समिति र लेखा समितिका पदाधिकारी तथा सदस्यहरुलाई सहकारीका समसामयिक विषयमा जानकारी दिने उद्देश्यले तालिम आयोजना गरिएको संस्थाले जनाएको छ ।

मुलुकको संघीय संरचना अनुसार सहकारीको संरचनामा समेत परिवर्तन हुनुका साथै सहकारी ऐन र नियमावली लगायत सहकारी प्रवद्र्धनका लागि आवश्यक पछिल्लो अवस्था बारेमा सचेत बनाउन तालिम सहयोगी भएको अध्यक्ष साधना श्रेष्ठले जानकारी दिनुभयो ।

  कार्यक्रममा सहकारी संस्थालाई प्रभावकारी रुपमा सञ्चालन गरी सदस्यहरुको आर्थिक, सामाजिक र सांस्कृतिक रुपान्तरणका क्षेत्रमा बढी भन्दा बढी योगदान गर्नका लागि सञ्चालकहरुको भूमिकाका बारेमा जानकारी गराइएको थियो ।

  सहकारी ऐन, नियमावली, संस्थाको विनियम तथा सहकारी सम्बन्धी जारी निर्देशनहरु लगायत सञ्चालकहरुको भूमिकाका बारेमा राष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक रामबहादुर जि.सी.ले सहजीकरण गर्नु भएको थियो ।

  सहकारीलाई सदस्य केन्द्रीत बनाएर समाज रुपान्तरणका क्षेत्रमा सहकारीको योगदान बढाउनका लागि कानुनी संरचना, संस्था सञ्चालनका विधि, योजना निर्माण र सदस्यहरुको सन्तुष्टीका लागि सञ्चालककोे ध्यान पुग्नु पर्नेमा जिसीको जोड थियो ।

  परिवर्तित सहकारी ऐन तथा नियमावली अनुसार सहकारीलाई थप प्रभावकारी रुपमा अगाडि बढाउनका लागि संस्थाका सञ्चालक तथा लेखा समितिका पदाधिकारी एवं सदस्यहरुले प्रतिवद्धता व्यक्त गरेको प्रवन्धक तेजकुमारी बाँनिया (गंगा) ले जानकारी दिनुभयो ।

  कार्यक्रम संस्थाका अध्यक्ष साधना श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव कल्पना केसीले गर्नु भएको थियो । 

म्याग्दीको सदरमुकाम बेनी बजारमा सञ्चालित संगिनी साकोसमा ४ सय ५० जना शेयर सदस्य, २ करोड १५ लाख शेयर रकम, ५ करोड १० लाख बचत, ५ करोड ३० लाख कर्र्र्जा लगानी रहेको कोषाध्यक्ष शर्मिला श्रेष्ठले बताउनुभयो ।  

« सुआहाराद्धारा बाटाकाचौर साग्दीका गर्भवती महिलाहरुलाई पोषण सामाग्री वितरण «

» भिजिट नेपालको आकर्षक गन्तब्य सत्यवती »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal