दर्ता. न‌: २४५/०६५/०६६

भिजिट नेपालको आकर्षक गन्तब्य सत्यवती

प्रेम सुनार गुल्मी , मंसिर १५  । समुन्द्री सतह देखि २६ सय ९० मिटर उचाईमा रहेको गुल्मीको थाप्ले लेक साविक लुम्विनी अञ्चल कै सबै भन्दा अग्लो पाहड हो । जसको छेउवैमा अवस्थित छ  सत्यवती धार्मिक तथा पर्यटकिय क्षेत्र ।जहाँबाट पुर्व  उच्च हिम श्रृंखला सहित चारै तिरका  सुन्दर वस्तीहरु नियाल्न सकिन्छ । 

जल,जंगल,जडिवुटी र जमिन जस्ता प्राकृतिक स्रोत तथा जैविक विविधताको धनि रहेको ठूलोलुम्पेक प्राकृतिक सौन्दर्यको स्वप्निल स्वर्गकै रुपमा रहेको छ । त्यस्तै धार्मिक–साँस्कृतिक मूल्यमान्यता र विस्वासको केन्द्र बुढीसत्यवती, लुम्पेकीथानीबाजेबज्यै हिले सिद्धबाबा आदि रहेका छन् ।

 प्रकृतिको अद्भूतकला र सौन्दर्य सहित पर्या तथा धार्मिक पर्यटकीय विकासको प्रचुर सम्भावना बोकेका बुढीसत्यवती क्षेत्र, बराह क्षेत्र मसिनाताल, हिलेसिद्ध बाबामन्दिर, लुम्पेकीथानीबाजेबजैको थान र भूरेटाकुरे राजाको समयमावनेको राजदरवार तथा रानीपोखरीको भग्नावशेष रहेको हचिङ्कोट दरवार क्षेत्र  स्थानियले ठुलो महिमा राख्ने थलो हो ।

 त्यस्तै हुक्रायो सेतिनाग, लाम्थुडी झरना, गुर्दुङ आलमदेवी आदि ठूलोलुम्पेकलाई चिनाउने र घुम्न लायक  महत्वपूर्ण ऐतिहासिक, प्राकृतिक, धार्मिक तथा साँस्कृतिक सम्पदाहरु हुन । मगर संस्कृतिहरुमा सोरठी, सालैजो,, बारुलै, यानीमाया, झ्याउँरे, लोकदोहोरी आदिलोकसाँस्कृतिकझाँकीहरु गहनाको रुपमा रहेका छन् । जसको व्यवस्थित प्रचार प्रसार गर्ने हो भने पर्यटनक आकर्षण गर्ने साधनवन्न सक्दछन् ।

 नेपालको  थप  सय वटा  पर्यटकीय गन्तव्य सूचीमा रहेको सत्यवती क्षेत्रको पर्यटकीय प्रवद्र्धनका लागि गठित समितिले विभिन्न कार्यक्रमहरु अगाडी सारेको छ । समितिका अध्यक्ष जितु तरामु मगरले भिजिट नेपाल  २०२० लाई मध्ये नजर राख्दै आन्तरिक र बाह्य पर्यटकहरुलाई आकर्षक गन्तब्य बनाउने उद्देश्यका साथ विभिन्न कार्यक्रम अगाडी सारिएको छ । वैठक शुक्रबार ठूलोलुम्पेकमासम्पन्नभएको छ । समितिकाअध्यक्षश्री जीतु तरामु मगरको अध्यक्षता र पर्यटन व्यावसायीश्री विशु सिंजाली मगरको विशेष आतिथ्यतामा सम्पन्न बैठकले विभिन्न निर्णयहरु गरेको छ ।   

   यसरी दिईयो जिम्मेवारी

  ठुलोलुम्पेकका  मगर समुदायको मौलिक कला संस्कृति, सामाजिक मुल्यमान्यता र परम्पराको संरक्षण र जगेर्ना गर्ने, प्राकृतिकतथाधार्मिक सम्पदाहरुको पहिचान गरी तिनको प्रचारप्रसार गर्ने र त्यसको लागि विभिन्न उपसमितिहरु गठन गरी कार्यविभाजन गरेको छ ।

   भरत सिंजाली मगरको संयोजकत्वमा पर्यटन शिक्षा उपसमिति,  ओम श्रीसमगरको संयोजकत्वमा प्रचारप्रसार उपसमिति, देवबहादुर तरामु मगरको संयोजकत्वमा साँस्कृतिक उपसमिति, देवीराम थापा मगरको संयोजकत्वमा लुम्पेकी कोशेली ब्राण्ड छनौट उप समिति,  बेलबहादुर थापामगरको संयोजकत्वमा सरसफाई उपसमिति र  लेखबहादुर श्रीस मगरको संयोजकत्वमा लेखा उपसमिति गठन गरेको छ ।

नवगठीत समितिको पदाधिकारी तथा सचिवालय गठन गरी कार्यसमितिलाई पूर्णता समेत बैठकले दिएको छ ।  अध्यक्षमा जीतु तरामु मगर, उपाध्यक्षमा टोपलादेवीथापा मगर, सचिवमा नार्जन फौंजा मगर, सहसचिव लोकबहादुर सुनार, कोषाध्यक्षमा लेखबहादुर श्रीसमगर, सचिवालय सदस्यहरु भरत सिंजाली मगर, ओम श्रीस मगर, शोभा सुनार, र दानमाया तरामु मगर रहेका छन् ।

 ठूलोलुम्पेकमा स्थायीक्याम्प निर्माण प्रक्रिया तत्काल शुरु गर्ने, साँस्कृतिक संग्राहलय निर्माण गर्ने लगायतका महत्वपूर्ण निर्णहरु समेत गरेको छ ।  सत्यवती धार्मिक क्षेत्र सत्यवती गाउँपालिकामा पर्दछ ।

  सो क्षेत्रको पर्यटन विकासमा त्यस क्षेत्रका प्रतिनिधी सभाका सदस्य तथा परराष्ट्र मन्त्री प्रदिपकुमार ज्ञवाली , प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन वराल , सत्यवती गाउँपालिका अध्यक्ष पारिश्वर ढकाल लगायतले पहल गर्दै आएका छन ।

« बेनीको संगिनी सहकारीका सञ्चालकलाई क्षमता अभिवृद्धि तालिम «

» बागलुङ क्षेत्र नंं.२ (ख)प्रदेशसभा सदस्यमा जनमोर्चाका शाही विजयी »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal