दर्ता. न‌: २४५/०६५/०६६

बागलुङ क्षेत्र नंं.२ (ख)प्रदेशसभा सदस्यमा जनमोर्चाका शाही विजयी

बिहानी संवाददाता, बागलुङ । २०७६ मंसिर १६ । बागलुङ क्षेत्र नं २ (ख) प्रदेशसभा सदस्यमा राष्ट्रिय जनमोर्चाका खिमविक्रम शाही निर्वा्चित भएका छन् । आइतबार करिब १ बजेदेखि शुरुभएको मतगणना सोमबार राति १ः३० बजे मात्र अन्तिम नतिजा सार्वजनिक भएको थियो ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को समर्थनमा राष्ट्रिय जनमोर्चाका शाहीले नेपाली कांग्रेसका जीत शेरचनलाई २०९७ मतान्तरले पराजित गरे । शाहीले ११,२३५ मत ल्याउँदा शेरचनले ९, १३८ मत मात्रै ल्याए । बागलुङ क्षेत्र नं २ (ख) बाट २ जना स्वतन्त्र सहित १० जना उम्मेदवार चुनावी मैदानमा थिए । 

तेस्रो भएका समाजवादी पार्टीका अशोककुमार बिकले ३१६ मत प्राप्त गरे ।  त्यस्तै स्वतन्त्र उम्मेदवार शेरमान घर्तीले ९५, मंगोल नेशनल अर्गनाईजेशनका मित्र बहादुर मगरले ४५, स्वतन्त्र उम्मेदवार सन्तोष भण्डारीले २८, राप्रपा संयुक्तका निमबहादुर भण्डारीले ३७, संघीय राष्ट्रिय लोकतान्त्रीक मञ्चका अनिल कुमार राईले ८, राष्ट्रिय जनमुक्ति पार्टीका याम बहादुर आलेले ३३ र राप्रपाका गणेश बहादुर कुँवरले ३६ मत प्राप्त गरे ।  

२०७४ सालमा भएको आम निर्वाचनमा तत्कालिन एमाले र माओवादी केन्द्रको समर्थनमा राष्ट्रिय जनमोर्चाबाट प्रदेशसभा सदस्य हुनुभएका टेकबहादुर घर्तीको उपचारका क्रममा निधन भएपछि खालि भएको बागलुङ क्षेत्र नं. २ (ख) ले जनमोर्चाबाटै प्रदेशसभा सदस्य पाएको छ ।  ३५ हजार १ सय ८४ मतदाता रहेको यो क्षेत्रमा २१ हजार ४०० मत खसेको थियो । जस मध्ये २०९७१ सदर र ४२५ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

« भिजिट नेपालको आकर्षक गन्तब्य सत्यवती «

» बागलुङ बडिगाडमा जीप दुर्घटना, १४ जना को घटनास्थालमै मृत्यु »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal