प्रगतिशील पत्रकार संघ बागलुङद्धारा विजय बचाउ अभियान सुरु ।। मानवीय सेवामा समर्पण हुन संघका अध्यक्ष सुवेदीद्धारा सबैमा अपिल ।
१७ आषाढ २०७५, बरेङ । प्रगतिशील पत्रकार संघ जिल्ला समिति बागलुङद्धारा संघका जिल्ला सचिव विजय रानाको स्वास्थ्य उपचारका लागि ‘विजय वचाउ अभियान’ सञ्चालन गरिएको छ ।
प्लाष्टिक एनिमिया रोगबाट पिडित पत्रकार रानाको शरीरमा रगत उत्पादन नहुने समस्या आएपछि उपचारमा लाखौं रुपैयाँ खर्च हुने भन्दै संघका जिल्ला अध्यक्ष राम सुवेदीले मानवीय सेवामा समर्पण हुन सबैलाई अपिल गरेका छन् । लामो समयदेखि बागलुङ जिल्लामा क्रियाशील पत्रकारितामा अवद्ध रहेका रानाको आर्थिक अवस्था समेत कमजोर रहेको उल्लेख गर्दै संघका अध्यक्षद्धारा जारि अपिलमा, पत्रकार रानाको जीवन रक्षाका लागि सहयोगको याचना गरिएको उल्लेख छ ।
पत्रकार रानाको स्वास्थ्य उपचारका लागि उनी अवद्ध पेशागत संठन प्रगतिशील पत्रकार संघ बागलुङले उपचार खर्च संकलन गर्न अभियाननै थालेको अध्यक्ष सुवेदीले बताउनुभयो ।
अभियानमा जिल्ला समिति बागलुङका पदाधिकारी तथा संगठित सदस्यहरु सक्रियतापूर्वक जुटेका छन् । संघको पहलमा हालसम्म १ लाख ३९ हजार ४ सय ६० रुपैयाँ आर्थिक सहायता जुटेको अध्यक्ष सुवेदीको जानाकारी दिए । प्रगतिशील पत्रकार संघले, जिल्लाका तीन स्थानमा गठन गरेको उपशाखालाई अभियानका लागि निर्देशन गरेपछि सबै शाखाहरुले अभियानलाई तीव्र पारेका छन् । संघको बुर्तिबाङ शाखाका पदाधिकारी तथा उनीहरु कार्यरत सञ्चार माध्यमका पत्रकार स्थानीयहरुले समेत अभियानमा साथ दिएका छन् । बुर्तिबाङ शाखाका अध्यक्ष सुमन सुनारका अनुसार, जिल्ला अध्यक्ष सुवेदी र उपाध्यक्ष लोकेन्द्र सुनार समेतको सक्रियतामा यस शाखा तथा रेडियो परिवर्तन सम्वद्ध सुवेच्छुकहरुबाट ४१ हजार ५ सय रुपैयाँ सहयोग जुटेको छ ।
त्यस्तै बागलुङ शाखा तथा समितिका सल्लाहकार तारा प्रसाद शर्माको पहलमा बागलुङ बजारबाट ३९ हजार १ सय रुपैयाँ सहयोग संकलन गरिएको छ ।
उता जिल्लाको बरेङ शाखा तथा त्यहाँ स्थित रेडियो विहानीका पत्रकार तथा सुवेच्छुकहरुबाट ५८ हजार ८ सय ६० रुपैयाँ संकलन गरिएको शाखा अध्यक्ष जीवन पौडेलले बताए । संघका कोषाध्यक्ष प्रकाश छन्त्याल, सदस्य शेखर थापाको सक्रियतामा त्यहाँ अभियान सञ्चालन गरिएको हो ।
विजय वचाउ अभियानलाई संघको पहलमा देश तथा विदेशमा सञ्चाालन गरिने भएको छ । सामाजिक सञ्जाल फेसबुकमा समेत ‘विजय बचाउ अभियान’ नामबाट सहयोग जुटाउने काम तीव्र पार्ने संघका उपाध्यक्ष सुनारले बताए । सबै सञ्चारकर्मी, सामाजिक अभियान्ता, समाजसेवी बुद्धिजीवीहरुलाई पत्रकार विजयको जीवन रक्षाका लागि सक्दो आर्थिक, नैतिक सहयोगको लागि संघले सबैमा याचना गरेको छ ।
यसैबीच नेपाल पत्रकार महासंघ बागलुङले पनि पत्रकार रानाको स्वास्थ्य उपचारकोलागि एक पत्रकार एक सय रुपैयाँ संकलन अभियान थालेको छ । हालसम्म अभियान जारि रहेको जिल्ला अध्यक्ष दील श्रीसले जानाकारी दिएका छन् ।
« धुल्लुबाँस्कोटका पहिरो पिडितलाई बागलुङ समाज पोखराद्वारा राहत प्रदान । «
» बरेङ गाउँपालिकाद्वारा हुग्दिखोलामा तटबन्ध, उच्च जोखिमका बस्ती प्राथमिकतामा । »