दर्ता. न‌: २४५/०६५/०६६

बागलुङ बडिगाडमा जीप दुर्घटना, १४ जना को घटनास्थालमै मृत्यु

बागलुङ । २०७६ मंसिर १७ । गुल्मीबाट कुलपुजाको लागि बागलुङको निसिखोला जादैँ गरेको ग १ ज ५२१९ नम्बरको जीप दुर्घटना हुँदा १४ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी प्रमुख नवराज भट्टका अनुसार बडिगाड गाउँपालिकाको कोप्चे भन्ने स्थानमा जीप दुर्घटना भएको हो । 

दुर्घटनामा गुल्मीको इस्माबाट कुलपुजाको लागि निसिखोलाको बायोखोला जाँदै गरेका गुल्मीका ९ महिला, ४ पुरुष र एक बालकको घटनास्थलमै मृत्यु भएको हो । जीप मध्यपहाडी लोकमार्गबाट बडिगाड खोलामा खसेको बताइएको छ ।

अन्य तीन जनालाई उद्धार गरी उपचारको लागि बुर्तिवाङ बठाईएको र उद्धार कार्य जारी रहेको छ । 

« बागलुङ क्षेत्र नंं.२ (ख)प्रदेशसभा सदस्यमा जनमोर्चाका शाही विजयी «

» बुटवलबाट छुटेको जीप पाल्पामा दुर्घटना, चालक सहचालक दुवैको मृत्यु »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal