दर्ता. न‌: २४५/०६५/०६६

बुटवलबाट छुटेको जीप पाल्पामा दुर्घटना, चालक सहचालक दुवैको मृत्यु

पाल्पा । २०७६ मंसिर १९ । सिदार्थ राजमार्ग अन्तर्गत बुटवल–तानसेन सडकखण्डको केराबारी नजिकै जीप दुर्घटना भएको छ । बुटवलबाट पाल्पातर्फ आउँदै गरेको लु १ ज ४२०९ नम्बरको जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको हो ।

सडकदेखि करिब ३ सय मिटर तल खसेर भिरमा अड्किएको अवस्थामा जीप फेला परेको र जीपमा अरू पनि सवार भए नभएको बारे नखुलेको छैन साथै गाडी क्षतिग्रस्त रुपमा रहेको पाल्पा प्रहरी कार्यालयले बताएको छ ।

मृत्यु हुनेमा पाल्पा रैनादेवी छहरा गाउँपालिका वडा ५ बस्ने दिलिप बम्रेल चालक र सोही गाउँपालिका वडा नम्बर ४ बस्ने कृष्ण कार्की सहचालक रहेको दोभान प्रहरी चौकी पाल्पाका प्रहरी नायव निरीक्षक बालबहादुर घर्ती मगरले रेडियो बिहानीलाई बताए । 

शव लाई पोस्टमार्टममा लागि तानसेन लगिएको र राती दुर्घटना भएकोले जीप कतिबेला भीरबाट खसेको भन्ने जानकारी नभएको प्रहरी नायव निरीक्षक मगरले बताए ।

« बागलुङ बडिगाडमा जीप दुर्घटना, १४ जना को घटनास्थालमै मृत्यु «

» बरेङ–२ पोखराचौरमा पिकअप जिप दुर्घटना, ११ घाइते »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal