दर्ता. न‌: २४५/०६५/०६६

सुखौरामा सार्वजनिक सुनुवाई, प्रथम चौमासिकका ७५ प्रतिशत योजना सम्पन्न ।

२९ मंसिर २०७६, सुखौरा । बागलुङको बरेङ गाँउपालिका वडा नं. ५ सुखौरामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । बरेङ गाँउपालिकाको आ.ब. २०७६÷०७७ अन्र्तगत प्रथम चौमासिकको पहिलो सार्बजनिक सुनुवाई शनिवार महेन्द्र माध्यमिक बिद्यालयको सभाहलमा सम्पन्न भएको हो ।

गाँउपालिकाको आर्थिक सहयोग तथा रेडियो बिहानी ८९ मेघाहर्जकको आयोजनामा सम्पन्न कार्यक्रममा पालिकाकी उपाध्यक्ष दिल कुमारि पुन, प्रमुख प्रशासकीय अधिकृत रमेश थापा, वडा नं. ५ का अध्यक्ष एवं बन वाताबरण तथा बिपत व्यवस्थापन समितिका संयोजक अमर बहादुर शेरपुञ्जा, वडा नं. १ का अध्यक्ष तथा पूर्वाधार बिकास समितिका संयोजक नरसेङ पुृन, वडा नं. ४ का अध्यक्ष तथा संस्थागत तथा सुशासन सेवा प्रवाह समितिका संयोजक लिल बहादुर खत्री, योजना प्रमुख मिलन श्रीस राना लगायतले सहभागिका प्रश्न तथा जिज्ञासा मेटाएका थिए ।

रेडियो बिहानीका स्टेशन को– अर्डिनेटर तथा नेपाल पत्रकार महासंघ बागलुङका सदस्य द्वोय प्रकाश छन्त्याल र शेखर थापाले सहजिकरण गरेको कार्यक्रममा करिब ५५ जना सहभागिहरुले शिक्षा, स्वास्थ्य, कृषि, बन तथा अन्य योजनाहरुको बिषयमा जिज्ञासा तथा प्रश्न उठाएका थिए ।

उक्त वडामा प्रथम चौमासिकका कूल १२ योजना मध्य शत प्रतिशत योजना सम्झौता भई ७५ प्रतिशत काम सम्पन्न भएको बरेङ गाँउपालिकाको कार्यलयले जनाएको.छ । साथै यहि मंसिर ३० गते सोमवार वडा नं. १ को सार्वजनिक सुनुवाई कार्यक्रम लिउवामा आयोजना गरिएको संबन्धित सबैमा जानाकारीका लागि अबगत गराईएको जनाईएको छ । 

« बरेङ–२ पोखराचौरमा पिकअप जिप दुर्घटना, ११ घाइते «

» माध्यमिक शिक्षा एस.इ.इ को परीक्षा चैत्र ६ गतेबाट सुरु हुने »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal