दर्ता. न‌: २४५/०६५/०६६

माध्यमिक शिक्षा एस.इ.इ को परीक्षा चैत्र ६ गतेबाट सुरु हुने

काठमाडौं । २०७६ पौष १ । माध्यमिक शिक्षा परीक्षा एस. इ. इ कक्षा १० को परीक्षा चैत्र ६ गतेबाट सुरु हुने भएको छ । सोही अनुसार बोर्डले नियमित, ग्रेडवृद्धि तथा प्राविधिक तर्फको परीक्षा समय तालिका सार्वजनिक गरेको छ ।  

राष्ट्रिय परीक्षा बोर्डको मिति २०७६ मंसिर ३० को निर्णयानुसार २०७६ सालको एस .इ. इ परीक्षा चैत्र ६ बाट हुने गरी परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले समय तालिका सार्वजनिक गरेको हो । 

बिहान ८ बजेबाट ११ बजे सम्म हुने गरी चैत्र ६ गते बिहीबार अनिवार्य अङग्रेजी र वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत भाषा र साहित्य,  चैत्र ७ गते शुक्रबार अनिवार्य नेपाली, चैत्र ९ गते आइतबार अनिवार्य गणित हुने सूचनामा उल्लेख छ । 

कुनै आकस्मिक विदा पर्न गएमा पनि परीक्षा नियन्त्रण कार्यालयको  पूर्वसूचना बिना परीक्षा स्थगित नहुने समेत जानकारी गराइएको छ । 

« सुखौरामा सार्वजनिक सुनुवाई, प्रथम चौमासिकका ७५ प्रतिशत योजना सम्पन्न । «

» सार्वजनिक सुनुवाइ ! बिषयगत कार्यलय प्रमुखहरु जिम्मेवार बन्नुप¥यो ः सहभागी »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal