दर्ता. न‌: २४५/०६५/०६६

सार्वजनिक सुनुवाइ ! बिषयगत कार्यलय प्रमुखहरु जिम्मेवार बन्नुप¥यो ः सहभागी

१ पौष २०७६, लिउवा । बागलुङको बरेङ गाँउपालिका वडा नं. १ लिउवामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । बरेङ गाँउपालिकाको आ.ब. २०७६÷०७७ अन्र्तगत प्रथम चौमासिकको दोस्रो सार्बजनिक सुनुवाई सोमबार वडा कार्यलयको सभाहलमा सम्पन्न भएको हो ।

गाँउपालिकाको आर्थिक सहयोग तथा रेडियो बिहानी ८९ मेघाहर्जकको आयोजनामा सम्पन्न कार्यक्रममा पालिकाकी उपाध्यक्ष दिल कुमारि पुन, प्रमुख प्रशासकीय अधिकृत रमेश थापा, वडा नं. १ का अध्यक्ष तथा पूर्वाधार बिकास समितिका संयोजक नरसेङ पुृन, वडा नं. ५ का अध्यक्ष एवं बन वाताबरण तथा बिपत व्यवस्थापन समितिका संयोजक अमर बहादुर शेरपुञ्जा, गाँउपालिकाका प्रबक्ता तथा सामाजिक बिकास समितिका संयोजक नर बहादुर बि.क., कार्यपालिका सदस्य गंगा क्षेत्री सुनार, स्वास्थ्य शाखा संयोजक पदम बहादुर पुन लगायतले सहभागिका प्रश्न तथा जिज्ञासा मेटाएका थिए ।

रेडियो बिहानीका स्टेशन को– अर्डिनेटर तथा नेपाल पत्रकार महासंघ बागलुङका सदस्य द्वोय प्रकाश छन्त्याल र शेखर थापाले सहजिकरण गरेको कार्यक्रममा करिब ४५ जना सहभागिहरुले शिक्षा, स्वास्थ्य, कृषि, बन तथा अन्य योजनाहरुको बिषयमा जिज्ञासा तथा प्रश्न उठाएका थिए ।

अधिकांश सहभागिहरुले प्रश्न गर्दै वडा तथा पालिकाभर रहेका बिषयगत कार्यलय प्रमुखहरुलाई जिम्मेवार बनाउन सुझाएका थिए । कृषि, पशु तथा हुलाक जस्ता कार्यलयहरुमा सेवा लिन जाँदा सेवाको ठाँउमा गौह्रजिम्मेवार जवाफ समेत पाउने गरेको उनिहरुको आरोप छ ।

वडामा प्रथम चौमासिकका १६ र पालिका स्तरको १ गरि कूल १७ योजना मध्य शत प्रतिशत योजना सम्झौता भई काम सम्पन्न हुने चरणमा रहेको बरेङ गाँउपालिकाको कार्यलयले जनाएको.छ । 

« माध्यमिक शिक्षा एस.इ.इ को परीक्षा चैत्र ६ गतेबाट सुरु हुने «

» बरेङमा सार्वजनिक शिक्षाको गुणस्तर सुधार तथा सुझाव संकलन कार्यशाला गोष्ठी । »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal