बरेङ गाउँपालिकाले असल बुहारी सम्मान कार्यक्रम गर्ने
केशबराज क्षेत्री, बरेङ । २०७६ पौष १३ । बरेङ गाउँकार्यपालिकाको कार्यालय हुग्दिशिर बागलुङले गाउँपालिका भित्रका असल बुहारी सम्मान कार्यक्रम गर्ने भएको छ ।
गाउँपालिकाले ७० वर्ष माथिका जेष्ठ नागरिकलाई पनि सम्मान सँगै स्वास्थ्य परीक्षण सहित आर्युवेद औषधी वितरण गर्ने कार्यक्रम रहेको बताइएको छ ।
गत बुधबारको सूचना अनुसार भोली १४ गते धुल्लुबास्कोट, १५ गते हुग्दिशिर, १६ गते बाटाकाचौर, १७ गते सल्यान र १८ गते सुखौरामा सोही कार्यक्रम गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश थापाले जानकारी दिएका छन् ।
पालिकाले वडा नम्बर १, २, ३ का क्रमशः ६०÷६० जना र वडा नम्बर ४,५ का क्रमशः ५०÷५० जना जेष्ठ नागरिकहरुको स्वास्थ्य परीक्षण सहित आर्युवेद सामाग्री वितरण गर्ने पालिका अध्यक्ष कृष्णप्रसाद शर्माले बताए ।
« धुल्लुबास्कोटको लिउँवामा व्यवसायिक भैँसीपालन सुरु «
» 'ब्ल्याक व्युटी'माेडल एलिसा शर्मासंग आशुतोषको लफडा, अब के गर्लान् ? »







