'ब्ल्याक व्युटी'माेडल एलिसा शर्मासंग आशुतोषको लफडा, अब के गर्लान् ?
पोखरा । २०७६ पौष १४ । कवि तथा गीतकार रामगोपाल आशुतोषको ब्ल्याक व्युटी र्भखरै युट्युवमा रिलिज भएको छ ।
उनले लेखेका हरेक कविताहरु जसरी चर्चा आँउछन् । ब्ल्याक व्युटी पनि युवा युवतीको रोजाइमा पर्ने निश्चित छ । उनको यो डान्सिङ सङले स्टेज त ताताउने नै छ प्रत्येक युवाहरुको मुखमा झुण्डीने छ ।
गत जेष्ठमा सारङ्गीकर्मी आशुतोषकै शब्दमा लक्ष्मी पुरी प्रधानको ‘सिट्टी बजाउँछन्’ले तहल्का नै पिटेको थियो ।
ब्ल्याक व्युटीमा चर्चित संगीतकार हरि लम्सालले संगीत गरेको गीतमा सुभाष धुनगानाले स्वर दिएका छन् । गीतको एरेन्ज उदयराज पौडेलले गरेका हुन् ।
रोहन नेपालीले निर्देशन गरेको गीतको म्युजिक भिडियोमा अलिशा र्शमा, रोहन नेपाली तथा दि क्रेजि क्रियूको आइटम डान्स हेर्न सकिन्छ ।
मिलन शंकरले खिचेको गीतको भिडियामा नेत्र गुरुङले कैची चलाएका छन् भने रोहन र बाइकस नेपालीले कोरियोग्राफी गरेका छन् ।
link: https://youtu.be/Q3K2yRAUaNQ
https://youtu.be/Q3K2yRAUaNQ?t=177







