दर्ता. न‌: २४५/०६५/०६६

असल बुहारी सम्मानित, सुत्केरीलाई रातो भाले

बरेङ । २०७६ पौष १४ । बरेङ गाउँकार्यपालिकाको कार्यालय हुग्दिशिर बागलुङले धुल्लुबास्कोटका असल बुहारीलाई सम्मानित गरेको छ ।

सासु ससुरा सँगसगै भई हेरचाह गर्ने, घर वरपरको वातावरण सफा राख्ने र सामाजिक सेवाको काम गरेका विवाहित महिलालाई पालिकाले सम्मान गरेको गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद शर्माले बताए ।

एक कार्यक्रमकाबीच सोमबार वडा नम्बर १ धुल्लुबास्कोटका ९ असल बुहारीलाई सम्मान पत्रद्धारा सम्मान गरेको पालिकाले बताएको छ । विभिन्न टोलटोलबाट गरी कला थापा(लुरुङ), शान्ती छन्त्याल(मजुवा), तारा पौडेल (लिउँवा), लक्ष्मी आचार्य(बास्कोट),हिरा थापा(भिउडाँडा), देवी थापा(उर्लेनी), प्रतिमा थापा(गडेल), चन्द्रा श्रीस थापा, भिममाया पुन राना असल बुहारीका रुपमा पालिकाद्धारा सम्मानित भएका छन् ।

त्यस्तै पालिकाले सोही वडा भित्रका ७० वर्ष माथिका ६० जना जेष्ठ नागरिकलाई पनि सम्मान सँगै स्वास्थ्य परीक्षण सहित आर्युवेद औषधी समेत वितरण गरेको छ । ६ जना सुत्केरी महिलालाई भने रातो भाले वितरण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश थापाले बताए  ।

पालिकाले गत बुधबारको एक सूचना मार्फत पालिकाभित्रका असल बुहारी र जेष्ठ नागरिकलाई सम्मान गर्ने सूचित गरेको थियो । भोली १५ गते  वडा नम्बर २ हुग्दिशिरमा सोही कार्यक्रम गरिने गाउँपालिकाको कार्यालयले जानकारी गराएको छ । 

« 'ब्ल्याक व्युटी'माेडल एलिसा शर्मासंग आशुतोषको लफडा, अब के गर्लान् ? «

» बाटाकाचौरका दश सुत्केरी महिलालाई रातो भाले »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal