दर्ता. न‌: २४५/०६५/०६६

बाटाकाचौरका दश सुत्केरी महिलालाई रातो भाले

केशबराज क्षेत्री,बरेङ । २०७६ पौष १७ । बरेङ गाउँकार्यपालिकाको कार्यालय हुग्दिशिरले बाटाकाचौरका असल बुहारी, जेष्ठ नागरिक र सुत्केरी महिलालाई सम्मान गरेको छ ।

सामाजिक योगदान, सामाजिक प्रतिष्ठा, सामाजिक संघ सस्थामा आवद्ध, पारिवारिक मेलमिलाप, परिवारका सदस्यको उचित रेखदेख, सफा घर परिवार, शैक्षिक योग्यता, अतिथि सत्कार, बालबालिका शिक्षा सबैमा सक्षम महिलालाई पालिकाले सम्मान गरेको गाउँपालिकाकी उपाध्यक्ष दिलकुमारी पुनले बताउनुभयो ।  उहाँले सम्मानित महिलालाई अझै इमान्दारी, सहनशील भै सामाजिक काम सँगै पारिवारिक कामलाई अगाडि बढाउन आग्रह  गर्नुभयो । सुत्केरी महिलालाई भने पौष्टिक आहारपूर्ण खाना खाई तन्दुरुस्त हुन सुझाव दिनुभयो।

बुधबार वडा नम्बर ३ बाटाकाचौरका ९ असल बुहारीलाई सम्मान पत्र र एकएक वटा थर्मस प्रदान गरिएको वडा नम्बर ३ का वडा अध्यक्ष पूर्ण खनालले बताउनुभयो  ।

बाटाकाचौर साविकका ९ वडाका प्रत्येक वडाबाट एक÷एक जना गरी असल बुहारीका रुपमा हिमादेवी न्यौपाने, पार्वती बोहोरा, हिरा खनाल, तिला थापा, आशा वि.क, मायादेवी घर्ति, खिमादेवी पौडेल, कुमारी पुन, केश कुमारी थाापालाई सम्मान गरिएको थियो ।

त्यस्तै पालिकाले सोही वडा भित्रका ७० वर्ष माथिका ६० जना जेष्ठ नागरिकलाई पनि उपहार सामाग्रीसँगै निशुल्क स्वास्थ्य परीक्षण र आयुर्वेदिक औषधि वितरण गरियो ।

नियमानुसार स्वास्थ्य चौकीमा ४,६,८,९ महिनामा गरी चार पटक गर्भ जाँच गर्ने र स्वास्थ्य संस्थामा गई सुत्केरी हुने १० महिलालाई रातो भाले प्रदान गरिएको गाउँपालिकाका स्वास्थ्य प्रमुख पदम बहादुर पुनले जानकारी दिनुभयो  ।

आज वडा नम्बर ४ सल्यानमा सोही कार्यक्रम गरिने गाउँपालिकाको कार्यालयले जनाएको छ । यसअघि धुल्लुबास्कोट र हुग्दिशिरमा कार्यक्रम गरिएको थियो ।

« असल बुहारी सम्मानित, सुत्केरीलाई रातो भाले «

» बागलुङ पश्चिमका पर्यटकिय क्षेत्र, पर्यटकका लागी नयाँ स्वादमा, चमेरे करुण गुफा अनौठो »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal