दर्ता. न‌: २४५/०६५/०६६

बागलुङ पश्चिमका पर्यटकिय क्षेत्र, पर्यटकका लागी नयाँ स्वादमा, चमेरे करुण गुफा अनौठो

कमल पौडेल बडिगाड, बागलुङ १७ पौष÷ जिल्ला समन्वय समिति बागलुङका उपप्रमुख विष्णु प्रसाद भुसालले बागलुङ पश्चिमका पर्यटकिय क्षेत्रहरु पर्यटकका लागी नयाँ स्वादमा हुने बताउनु भएको छ ।

बडिगाड गाउँपालिकाको वडा नं. ५ मा रहेको चमेरे करुणा गुफाको अवलोकन, प्रवद्र्धन तथा प्रचारको लागी नेपाल भ्रमण वर्ष २०२० को स्वागत कार्यक्रममा बोल्दै भुसालले सो कुरा बताउनु भएको हो । बडिगाड गाउँपालिका पर्यटनका लागी निकै सुन्दर रहेको भन्दै १० ओटै वडाहरुमा फरक फरक पहिचानहरु रहेको बताउनु भएको थियो । बडिगाडको चमेरे करुणा गुफा अन्य गुफा भन्दा फरक र ऐतिहासिक भन्दै एक पटक घुम्न आउन पनि सवैलाई आग्रह गर्नुभएको छ । 

बडिगाड गाउँपालिकाका अध्यक्ष मेहरसिंह पाइजाले चमेरे करुणा गुफा बडिगाडको निकै ठूलो सम्पत्ति भएको भन्दै कुनै पनि पर्यटकिय स्थलले सवैभन्दा वढि फाइदा स्थानियलाई पुरयाउने दावि गर्नुभयो । पर्यटकिय ऐतिहासिक स्थल, संस्कृतिको संरक्षण स्थानियले गर्नुपर्ने भन्दै पाइजाले राज्यले सवै गरिदिन्छ भन्ने आशा र भ्रममा नपर्न आग्रह गर्दै सवै एक जुट भएर लाग्नुपर्ने बताउनु भएको छ । बडिगाड गाउँपालिकाले चमेरे करुणा गुफामा ठूलो लगानी गरिसकेको भन्दै त्यसको संरक्षणको जिम्मा स्थानियको भएको बताउनु भएको छ ।

पर्यटन विकास समिति गण्डकी प्रदेशका सदस्य इन्जिनियर खिमानन्द कँडेलले चमेरे करुणा गुफा आफुले कल्पना गरेभन्दै धेरै राम्रो रहेको भन्दै ठुलो पर्यटकिय सम्भावना रहको बताउनु भएको छ । त्यस्तै बडिगाड गाउँपालिकाका उपाध्यक्ष अम्मर बहादुर श्रीसले चमेरे करुणा सहित अन्य धेरै गन्तव्य वडिगाडमा रहेको भन्दै सवैको ध्यान पुग्नुपर्ने बताउनु भएको थियो । कार्यक्रममा बडिगाड गाउँसभाका सवै सदस्यहरु सहित, कर्मचारी, विद्यालयका प्रधानाध्यापक, पत्रकार, विभिन्न सामाजिक अगुवाहरुको समेत सहभागिता रहेको थियो । सो औपचारीक कार्यक्रम बडिगाड गाउँपालिकाका अध्यक्ष मेहरसिंह पाइजाको अध्यक्षता, वडा नं. ५ का अध्यक्ष अर्जुन प्रसाद खरेलको स्वागत मन्तव्य तथा पत्रकार कमल पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।

बडिगाड गाउँपालिकाको सवै वडामा पर्यटकिय सम्भावना वोकेका क्षेत्रहरु रहेका छन् । जस अन्तरगत वडा नं. १ मा दगाकोत सहित धार्मिक पर्यटन, सोरठी, वडा नं. २ मा आकाशे पुल, दरम र बडिगाडको संगम स्थल लगाएत क्षेत्र, हेम्फै नाच, वडा नं. ३ मा देवि ढोका, गरङ् चौर, घाटु नाच, वडा नं. ४ मा वौद्ध गुम्वा, लोङ्गा लेक, वडा नं. ५ मा चमेरे करुणा गुफा, थानापति मन्दिर, केश पोखरी, भजन, वडा नं. ६ मा सुरकुडेको शिर, छिस फाँट, सोरठी भैलो, वडा नं. ७ मा थाम चौर, गुरुङ संस्कृति, वडा नं. ८ मा ढुंगा खानी, फलाम खानी, भेडि गोठ, शिव धुरी, वडा नं. ९ मा पञ्चैवाजा, मालारानी, वडा नं. १० मा गंगरे, सालैजो आदि, हुन् भने मह सिकारको ठुलो सम्भावना रहेको क्षेत्र हो । बडिगाड नदिको तटमा अवस्थित साना वजार क्षेत्रहरु खर्वाङ, ग्वालीचौर, भिमगिठे सुन्दर क्षेत्रहरु हुन् ।

« बाटाकाचौरका दश सुत्केरी महिलालाई रातो भाले «

» सल्यानका एघार सुत्केरी महिलालाई रातो भाले ः पचास जेष्ठ नागरिकको निशुल्क स्वास्थ्य परिक्षण »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal