दर्ता. न‌: २४५/०६५/०६६

सल्यानका एघार सुत्केरी महिलालाई रातो भाले ः पचास जेष्ठ नागरिकको निशुल्क स्वास्थ्य परिक्षण

२०७६ पौष १७ । बरेङ गाउँकार्यपालिकाको कार्यालय हुग्दिशिरले सल्यानका असल बुहारी, जेष्ठ नागरिक र सुत्केरी महिलालाई सम्मान गरेको छ ।

पालिकाले सुत्केरी प्रोत्साहन कार्यक्रम अन्र्तगत सुत्केरी महिलालाई रातो भाले, महिला लक्षित कार्यक्रम अन्तर्गत असल बुहारी सम्मान र उमेर ७० अन्र्तगत जेष्ठ नागरिकलाई निशुल्क स्वास्थ्य परिक्षण सँगै औषधि वितरण गरेको हो ।

सामाजिक योगदान, सामाजिक प्रतिष्ठा, सामाजिक संघ सस्थामा आवद्ध, पारिवारिक मेलमिलाप, परिवारका सदस्यको उचित रेखदेख, सफा घर परिवार, शैक्षिक योग्यता, अतिथि सत्कार, बालबालिका शिक्षा सबैमा सक्षम महिलालाई पालिकाले सम्मान गरेको गाउँपालिकाकी उपाध्यक्ष दिलकुमारी पुनले बताउनुभयो । उहाँले सम्मानित महिलालाई अझै इमान्दारीपूर्वक सहनशील, सहृदयी, भै सामाजिक काम सँगै पारिवारिक कामलाई अगाडि बढाउन आग्रह गर्नुभयो । 

बिहिबार वडा नम्बर ४ सल्यानका ९ असल बुहारीलाई सम्मान पत्र र एकएक वटा थर्मस प्रदान गरिएको वडा नम्बर ४ का वडा अध्यक्ष लिलबहादुर खत्रीले बताउनुभयो ।

सल्यान साविकका ९ वडाका प्रत्येक वडाबाट एक÷एक जना गरी असल बुहारीका रुपमा  संगिता खत्री थापा, कमला वि.क, राधिका शर्मा, पार्वती पुन, कोपिला खत्री, लक्ष्मी खत्री, पार्वती खत्री, मिरा खत्री, डोलमाया वि.कलाई सम्मान गरिएको थियो ।

त्यस्तै पालिकाले सोही वडा भित्रका ७० वर्ष माथिका ५० जना जेष्ठ नागरिकलाई पनि उपहार सामाग्रीसँगै निशुल्क स्वास्थ्य परीक्षण र आयुर्वेदिक औषधि वितरण गरेको छ ।

नियमानुसार स्वास्थ्य चौकीमा ४,६,८,९ महिनामा गरी चार पटक गर्भ जाँच गर्ने र स्वास्थ्य संस्थामा गई सुत्केरी हुने ११ महिलालाई भने  रातो भाले प्रदान गरिएको गाउँपालिकाका स्वास्थ्य प्रमुख पदम बहादुर पुनले जानकारी दिनुभयो ।

शुक्रबार वडा नम्बर ५ सुखौरामा सोही कार्यक्रम गरिने गाउँपालिकाको कार्यालयले जनाएको छ । 

« बागलुङ पश्चिमका पर्यटकिय क्षेत्र, पर्यटकका लागी नयाँ स्वादमा, चमेरे करुण गुफा अनौठो «

» तुसारोको कारण डेढ सय रोपनी जग्गाको अलँैची नष्ट »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal