दर्ता. न‌: २४५/०६५/०६६

तुसारोको कारण डेढ सय रोपनी जग्गाको अलँैची नष्ट

केशबराज क्षेत्री, बरेङ । २०७६ पौष १८ । नमुना अलैँची उत्पादक कृषि समूहको अलैँची तुसारोले नष्ट पारिदिएको छ  । 

करिब पाँच सय रोपनीको खेतबारी तथा खरबारीमा रोपिएको अलैँची मध्ये करिब डेढ सय रोपनी जग्गाको कोपिला राख्ने बेलाको अलैँचीबोटलाई तुसारोले नष्ट पारिदिँदा अलैँची कृषकहरु चिन्तित भएका छन् ।

बागलुङको बरेङ गाउँपालिका वडा नम्बर २ हुग्दिशिर दलेङ स्थित १६ घरपरिवारद्धारा सञ्चालनमा ल्याइएको अलैँची गत वर्ष सोचेभन्दा राम्रै उत्पादन भएको समूहका अध्यक्ष बिमलप्रसाद शर्माले बताउनुभयो ।

जाडो मौसममा शीत वा पानीको बाफ जमी जमिनका घाँसपात लगायत अन्य उत्पादनशील वस्तुलाई समेत तुसारोले नष्ट पारिदिएको छ । पुष महिना सुरुवातबाटै तुसारो पर्ने, राम्रोसँग घाम नलागेको , अझै हिउँ परेमा बाँकी बिरुवा पनि नष्ट हुने हुन् कि भन्ने डर÷त्रासमा कृषकहरु रहेका छन् ।

सुरुवातमा समूहलाई कृषि ज्ञान केन्द्र पर्वतले सिँचाई निर्माणका लागि आर्थिक सहयोग गरेको थियो भने बरेङ गाउँपालिकाले अलैँची बिरुवा अनुदानमा दिनुका साथै प्राविधिक सहयोग गरेको समूहका अध्यक्ष शर्माले बताउनुभयो । कृषि ज्ञान केन्द्र पर्वत सँग सिँचाईका लागि अहिले पनि सम्झौता भएको बताइएको छ ।

« सल्यानका एघार सुत्केरी महिलालाई रातो भाले ः पचास जेष्ठ नागरिकको निशुल्क स्वास्थ्य परिक्षण «

» बरेङमा पैँचालिस असल बुहारी सम्मानित, चालिस सुत्केरी महिलालाई भाले उपहार »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal