मनकामना युवा क्लब सिग्दीद्धारा माघी मेलाको आयोजना
केशबराज क्षेत्री, बरेङ । २०७६ पौष २० । ‘स्थानीय कला, संस्कृति र सम्पदाको संरक्षण, कृषि व्यापार, खेलकुद तथा ग्रामीण पर्यटन प्रवद्र्धन गरौँ’ भन्ने उद्देश्यका साथ मनकामना युवा क्लब सिग्दीले माघी मेला मनाउने भएको छ ।
बरेङ गाउँपालिका वडा नम्बर २ हुग्दिशिर सिग्दीमा अवस्थित क्लबले विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि माघे सक्रान्तीको अवसर पारेर यही पौष २८ देखि माघ ३ गतेसम्म साविकको वडा स्तरीय पुरुष भलिबल, जुनियर ब्याडमिन्टन, मा.वि स्तरीय हाजिरीजवाफ, सालैजो तथा सोरठी नृत्य प्रतियोगिता, कृषि तथा पशुमेला प्रदर्शनी र हस्तकला प्रदर्शनीका कार्यक्रम सहित मेलाको आयोजना गरेको आयोजकले बताएको छ ।
विशेष सांस्कृतिक कार्यक्रम माघ १,२ र ३ गते चर्चित राष्ट्रिय कलाकारहरु टिका पुन, तेजस रेग्मी, जुना श्रीस मगर, विक्रम परियार, उमादेवी खनाल, अमृता नेपाली, उदय पुन र हास्यकलाकार यादव देवकोटा(सरापे) को सांगीतिक एवम् हास्यात्मक प्रस्तुती रहने क्लबका अध्यक्ष मोहन पुनले बताउनुभयो ।
मनकामना खेलकुद मैदान ग्यालथुंका अथवा सर्वोदय क्याम्पस बरेङ नजिकै हुने कार्यक्रममा प्रभु बैंक शाखा कार्यालय बरेङ बजार मुख्य प्रायोजक रहेको छ भने सिग्दी सामुदाियक होमस्टे तथा मनकामना आमा समूह सह–आयोजक रहने आयोजकले जानकारी दिएको छ ।
« बरेङमा पैँचालिस असल बुहारी सम्मानित, चालिस सुत्केरी महिलालाई भाले उपहार «
» मोवाईल नेटवर्कविहीन गुल्मी ग्वाघाका बासिन्दा ःडाँडा खोज्दै हिड्नुपर्ने बाध्यता »







