दर्ता. न‌: २४५/०६५/०६६

मोवाईल नेटवर्कविहीन गुल्मी ग्वाघाका बासिन्दा ःडाँडा खोज्दै हिड्नुपर्ने बाध्यता

हरिकुमार केसी, गुल्मी । २०७६ पौष २१ । जिल्लाको चन्द्रकोट गाँउपालिका ५ ग्वाघामा मोवाईल नेटवर्क नहुँदा स्थानीयले सास्ती खेप्दै आईरहनु परेको छ ।

नेपाल टेलिकम र प्राईभेट कम्पनी एनसेलले अहिलेसम्म यस स्थानमा नेटवर्क विस्तार गर्न नसक्दा स्थानीयहरु मर्कामा पेरका छन् । स्थानीय निकाय सँगै सामाजिक विकास मन्त्री सुदर्शन बराललाई समेत समस्याबारे जानकारी गराइएको र पहल गर्ने आश्वासन मात्र दिएको तर समाधान नभएको स्थानीयहरु बताउछन् ।

गाँउपालिकको वडा नम्वर ५ ग्वाघा अन्तर्गत पर्ने फुर्सेपखरा,  किटेनी, जोगिस्थान, मसरा लगायतका स्थानमा फोन गर्नको लागी अग्लो ठाउँ खोज्दै हिँड्नु पर्ने बाध्यता रहेको स्थानीय श्याम बिसीले जानकारी दिए । 

२१ औं सताब्दिको डिजिटल युगमा समेत मोवाईल नेटवर्कको समस्या हुँदा यस क्षेत्रका बासिन्दाहरुलाई निकै समस्या हुने गरेको छ । सम्बन्धित निकायको ध्यान कहिले जाला ? वडाका करिव १५० घरधुरिले मोवाईल नेटवर्कको प्रयोग गर्न नपाउँदा सास्ति खेप्दै आईरहेका छन् । 

« मनकामना युवा क्लब सिग्दीद्धारा माघी मेलाको आयोजना «

» बरेङमा लोक सेवा तयारी कक्षा जारी, उत्कृष्टलाई सम्मान »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal