बरेङमा लोक सेवा तयारी कक्षा जारी, उत्कृष्टलाई सम्मान
केशबराज क्षेत्री, बरेङ । २०७६ पौष २७ । बरेङ गाउँपालिकाको आयोजनामा बरेङमा लोक सेवा तयारी कक्षा सञ्चालन भइरहेको छ ।
लक्षित कार्यक्रम अन्र्तगत महिला, दलित, जनजाति, अपाङ्ग लगाएत अन्य सबैलाई लाभ हुने गरी दिनमा दुइपटक बिहान ७ देखि ९ बजसेम्म र दिउँसो ३ बजे देखि ५ बजे सम्म कक्षा चलिरहेको पालिकाले बताएको छ । कक्षामा प्रश्नोत्तरको आधारमा उत्कृष्ट हुने ५ विद्यार्थीलाई खरिदार पुस्तक दिएर सम्मान समेत गरिएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश थापाले बताए ।
यस अघि पालिकाले ४० जनालाई मात्र १५ दिन सम्म कक्षा सञ्चालन गर्ने र टाढाका विद्यार्थीहरुलाई खानबस्नको सुविधा सहित निशुल्क लोक सेवा तयारी कक्षा सञ्चालन गर्ने गरी बरेङ गाउँपालिकाका पाँच वटै वडाका पढ्न इच्ुछकलाई निवेदनको लागि आह्वान गरको थियो । कम मात्रामा निवेदन परेपछि सोही कार्यक्रमलाई नै सबै समेटिने गरी बरेङ बजारमा अवस्थित सर्वोदय क्याम्पसमा सञ्चालनमा ल्याइएको अधिकृत थापाको भनाई रहेको छ ।
सूचना प्रकाशित गरेकोे सूचनानुसार विद्यार्थीको निवेदन नपरेपछि सर्वोदय क्याम्पसका विद्यार्थीहरु लाई लक्षित गरेर निशुल्क रुपमा सोही कार्यक्रम सञ्चालन गरेको बताइएको छ । अहिले करिब ८० जना विद्यार्थीलाई लोक सेवा कसरी तयारी गर्ने, कसरी पढेमा उत्तिर्ण हुन सकिने भन्ने बारे शुत्र तथा विभिन्न विधिद्धारा सहज तरिकाले सिकाइएकोे पालिकाले जानकारी दिएको छ ।
अधिकृतहरु कृष्णप्रसाद सुवेदी, रमेश थापा पहन अर्यालले कक्षााको सहजिकरण गरिराखेका छन् । गत मंगलबार बाट सुरुवात गरेको कक्षा माघ ७ गते सम्म चल्ने जनाइएको छ ।
« मोवाईल नेटवर्कविहीन गुल्मी ग्वाघाका बासिन्दा ःडाँडा खोज्दै हिड्नुपर्ने बाध्यता «







