दर्ता. न‌: २४५/०६५/०६६

बरेङ गाउँपालिकाद्वारा हुग्दिखोलामा तटबन्ध, उच्च जोखिमका बस्ती प्राथमिकतामा ।

केशबराज क्षेत्री, सुदला । १९ आषाढ २०७५ । बागलुङको बरेङ गाउँपालिकाले हुग्दिखोलामा तटबन्ध निर्माण गरेको छ । दैनिक परिरहेको पानी र बाढीले मानव बस्तीमा बढी जोखिम देखिएकोले मङगलबार गाउँपालिकाको नेतृत्वमा हुग्दिशिरको सुदला वरपर स्थित हुग्दिखोलामा डोजर लगाएर बाँध बाध्न लागिएको हो । 

तत्काल सबै ठाउँमा बाँध बनाउन असम्भब रहेकाले हाल धेरै जोखिम युक्त बस्तीलाई मात्र प्राथमिकतामा राख्दै गाउँपालिकाले यस्तो कार्य गरेको हो । खोला नजिक गाउँपालिका कार्यालय भएकोले, घट्टको बराहकोट आधारभुत विद्यालय परिसरमा पनि अझै जोखिम देखिएकाले समझदारीमा मुख्य ठाउँमा मात्र खोलाको बिचमा रहेका ढुङगा छेउछाउमा राख्ने, खोलालाई गहिरो बनाउने काम गरिएको वडा नं. २ का अध्यक्ष गुप्तप्रसाद कालाले बताए । 

त्यस्तै सुदला नजिकै घर अगाडि र पछाडिबाट खोला बगेकाले मानविय क्षति हुन सक्ने भन्दै तत्कालका लागि बढि असुरक्षित ठाउँमा मात्र गाउँपालिकाले डोजर लगाइ बाँध बाध्ने कार्य शुरु गरिएको बरेङ गाउँपालिकाका प्रशासकिय अधिकृत बैकुन्ठराज पौडेलले बताए । 

“हामीले अहिले तिन÷चार ठाउँमा मात्र बाँध लगाउने निर्णय गरेका हौँ सो बाहेक अन्य ठाउँमा बनाउनु परेमा आफ्नो जग्गाधनीले आफैनै बनाउनुपर्नेछ ,खोला धेरै फैलिएकोले तत्काल लगानी गर्न नसकिने स्थिति छ, स्थानियको  जनगुनासो पनि धेरै छ तर सोही काम सबै ठाउँमा अहिलेनै गर्न नसकिने हुनाले स्थानिय जग्गाधनिहरुले यस बारेमा कुनै विरोध गर्नु नपर्ने” पौडेलको भनाई छ ।

स्मरणिय छ यही असार ११ गते राति परेको अविरल वर्षाका कारण हुग्दिशिरका धेरै खेतबारी बगरमा परिणत हुनुका साथै घरगोठ तथा सिङगो मानव बस्तीहरुनै जोखिममा परेका छन् ।

« प्रगतिशील पत्रकार संघ बागलुङद्धारा विजय बचाउ अभियान सुरु ।। मानवीय सेवामा समर्पण हुन संघका अध्यक्ष सुवेदीद्धारा सबैमा अपिल । «

» मृतक क्षेत्रीको परिवारलाई बरेङ बजारमा राहत संकलन,सहकारीले दियो क्रियाखर्च »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal