दर्ता. न‌: २४५/०६५/०६६

धुल्लुबास्कोट गडेलमा सामुदायिक स्वास्थ्य इकाईको स्थापना

केशबराज क्षेत्री, बरेङ । २०७६ पौष २८ । बरेङ गाउँपालिका वडा नम्बर १ धुल्लुबास्कोटमा सामुदायिक स्वास्थ्य इकाईको स्थापना गरिएको छ । 

स्वास्थ्य सेवामा नागरिकको सहज पहुँचका लागि बरेङ गाउँपालिकाको आर्थिक तथा प्राविधिक सहयोगमा आइतबार पालिकाको वडा नम्बर १ धुल्लुबास्कोटको साविकको ६,७ र ८ को केन्द्र गडेलमा सामुदायिक स्वास्थ्य इकाईको स्थापना गरिएको पालिकाले बताएको छ  ।

जिल्ला समन्वय समितिका संयोजक राजेन्द्र ढुङ्गानाले सामुदायिक स्वास्थ्य इकाईको उद्घाटन गरेका हुन् । सोही अवसरमा बोल्दै ढुङ्गानाले दुर्गम क्षेत्रका जनताहरुलाई लक्षित गरी सामान्य बिरामी हुँदा समेत टाढा जानुपर्ने बाध्यतालाई मध्यनजर गर्दै उचित खालको कदम चालेकोमा पालिकाको प्रशंसा गरे ।

वडा नम्बर १ का वडा अध्यक्ष नरसिंह पुनको अध्यक्षता, पालिकाका अध्यक्ष कृष्णप्रसाद शर्मा, प्रमुख प्रशासकीय अधिकृत रमेश थापाको मन्तव्य, धुल्लुबास्कोट स्वास्थ्य चौकी सञ्चालनका उपाध्यक्ष सकसबहादुर क्षेत्रीको स्वागत मन्तव्य, बरेङ गाउँपालिकाका स्वास्थ्य प्रमुख पदमबहादुर पुनको सञ्चालनमा कार्यक्रमको समापन भएको थियो ।

« बरेङमा लोक सेवा तयारी कक्षा जारी, उत्कृष्टलाई सम्मान «

» बाटाकाचौर साग्दीमा स्वास्थ्य सेवा सुचारु, समन्वय प्रमुखद्धारा उद्घाटन »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal