दर्ता. न‌: २४५/०६५/०६६

पालिकाद्वारा कम्प्युटर टाइपिङ प्रतियोगिता, छात्रा छात्र दुवैमा पुरुषोदय मावि प्रथम

केशवराज क्षेत्री,बरेङ । २०७६ पौष २९ । बरेङ गाउँपालिका शिक्षा तथा खेलकुद शाखाद्वारा सोमबार कम्प्युटर टाइपिङ प्रतियोगिता सप्पन्न भएको छ ।

पालिकाको आर्थिक सहयोग तथा शिक्षा शाखाको प्राविधिक सहयोगमा पालिका अन्तर्गतका आधारभुत तह कक्षा ६(८ स्तरीय अङ्ग्रेजी  नेपाली माध्यममा कम्प्युटर टाइपिङ प्रतियोगिता सम्पन्न भएको हो ।

५ वडा भित्रका ८ विद्यालयबाट छात्रा छात्र गरि १६ जना विद्यार्थी प्रतिस्पर्धा गरेको शिक्षा शाखा प्रमुख यज्ञ प्रसाद न्यौपाने ले बताए ।

प्राविधिक शिक्षामा जोड, नियमित पठनपाठनसङ्गै अतिरिक्त क्रियाकलापमा विद्यार्थीको सहभागिता भन्ने उद्देश्यका साथ यस्तो प्रतियोगिताको आयोजना गरिएको पालिकाका अध्यक्ष कृष्णप्रसाद शर्माले बताए ।

पुरुषोदय माध्यमिक विद्यालय हुग्दिशिर बराहकोटमा सन्चालन गरिएको प्रतियोगितामा छात्रतर्फ पुरुषोदय माध्यमिक विद्यालय हुग्दिशिरका स्मरण थापा प्रथम, बालविकास आधारभुत विद्यालय बाटाकाचौरका सिजन बोहोरा द्वितीय र सर्वोदय माध्यमिक विद्यालय हुग्दिशिरका निशान थापा तृतीय भए भने छात्रा तर्फ पुरुषोदय माध्यमिक विद्यालय कै रलिना काउचा प्रथम, ज्ञानोदय आधारभुत विद्यालय बाटाकाचौर कि प्रेरणा थापा द्वितीय  र सर्वोदय माध्यमिक विद्यालय कि रिता पौडेल तृतीय भएकी छन् । बिजेतालाई शैक्षिक सामाग्री प्रदान गरिएको थियो ।

पालिकाले पहिलोपटक यस्तो प्रतियोगिताको सन्चालन गरेको हो आगामी प्रतियोगितामा अझ बढी विद्यार्थीलाई प्रतिस्पर्धा गराइनुका साथ कम्प्युटर कक्षालाई प्रभावकारी बनाउने योजना रहेको बताएको छ  ।

« बाटाकाचौर साग्दीमा स्वास्थ्य सेवा सुचारु, समन्वय प्रमुखद्धारा उद्घाटन «

» सर्वोदय माविका नव निर्मित दुई भवनको उद्घाटन, शिक्षामा त्रिकोणात्मक सम्बन्ध जरुरीःढुङ्गाना »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal