दर्ता. न‌: २४५/०६५/०६६

सर्वोदय माविका नव निर्मित दुई भवनको उद्घाटन, शिक्षामा त्रिकोणात्मक सम्बन्ध जरुरीःढुङ्गाना

बरेङ  । २०७६ पौष २९ । बरेङ गाउँपलिका वडा नम्बर २ बरेङ बजारमा अवस्थित सर्वोदय माध्यमिक विद्यालयका नव निर्मित दुई भवनको उद्घाटन भएको छ ।

राष्ट्रिय पुननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) बाग्लुङ र नेपाल सरकार जिल्ला शिक्षा समन्वय इकाई तथा बरेङ गाउँपालिकाको आर्थिक÷प्राविधिक सहयोगमा नव निर्मित दुई वटा ४÷४ कोठे पक्की भवनको सोमबार उद्घाटन भएको हो ।

राष्ट्रिय पुननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) बाग्लुङ बाट बिनियोजित भएको आर्थिक वर्ष २०७५÷०७६ मा ४ काठे पक्की भवनको जिल्ला समन्वय समिति बागलुङका प्रमुख राजेन्द्र ढुङ्गानाले र नेपाल सरकार जिल्ला शिक्षा समन्वय इकाई तथा बरेङ गाउँपालिकाको आर्थिक ÷ प्राविधिक सहयोगमा नव निर्मित ४ कोठे पक्की भवनको उद्घाटन बरेङ गाउँपालिकाका अध्यक्ष श्री कृष्ण प्रसाद शर्माले शिलालेख अनावरण गरि उद्घाटन गरेका हुन् ।

उदघाट्न अवसरमा बोल्दै समन्वय प्रमुख ढुङ्गानाले शिक्षा विकासको पहिलो मेरुदण्ड हो । शिक्षा विकास बिना अन्य विकासका कार्यहरू सम्भब नभएको बताए  । जिल्लाको दक्षिण भेगकै नमुना विद्यालयमा आफ्नो परिचय दिन सफल भएको यस विद्यालयमा शिक्षा विकासका निम्ति विद्यार्थी शिक्षक अभिभावकको त्रिकोणात्मक सम्बन्ध हुनु जरुरी रहेको बताउँदै विद्यालयले समाज, देश, राष्ट्र, विकास समृद्धिमा महत्वपुर्ण टेवा पु¥याउने साथै दक्ष जनशक्ति उद्पादन गर्न सक्ने विश्वास व्यक्त गर्दै शैक्षिक प्रगतिको शुभकामना दिए । 

त्यस्तै बरेङ गाउँपालिकाका अध्यक्ष श्री कृष्ण प्रसाद शर्माले बरेङ गाउँपालिकामा सबै भन्दा धेरै बजेट शिक्षा क्षेत्रमा बिनियोजन गरेको र पालिकाले अपेक्षा गरेअनुसार शिक्षामा गुणस्तर परिणाम लिन सफल होस् भन्ने धारणा रहेको बताए ।

उद्घाटन कार्यक्रमको अवसरमा सर्वोदय माध्यमिक विद्यालयले जाडो मौसममा गरीब तथा जेहेन्दार विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको थियोे । कार्यक्रम  विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हिराबहादुर पुनको अध्यक्षता प्रध्यानाध्यापक ठगराज शर्माको स्वागत मन्तव्य र शिक्षक ओम पुनको सञ्चालनमा सम्पन्न भएको थियो ।

« पालिकाद्वारा कम्प्युटर टाइपिङ प्रतियोगिता, छात्रा छात्र दुवैमा पुरुषोदय मावि प्रथम «

» मनकामना युवा क्लब सिग्दीको माघी मेला सुरु »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal