माघी मेला सिग्दी, हाजिरीजवाफमा बालज्योती बोर्डिङ प्रथम
बरेङ २०७६ माघ २ । मनकामना युवा क्लब सिग्दिको माघीमेला जारी रहेको छ ।
बरेङ गाउँपालिका वडा नम्बर २ हुग्दिशिर सिग्दी मा अवस्थित क्लबले सास्कृतिक,शैक्षिक, मनोरञ्जनात्मक, कृषि तथा हस्तकला प्रर्दशनी सम्बन्धि कार्यक्रम सन्चालन गरेको छ ।
बुधबार भएको माध्यमिक स्तरीय हाजिरिजवाफ प्रतियोगितामा बरेङ गाउँपालिका बरेङ बजारमा अवस्थित बालज्योती बोर्डिङ स्कुल प्रथम, बरेङ गाउँपालिका वडा नम्बर ३ बाटाकाचौरको शारदा माध्यमिक विद्यालय द्वितीय र बरेङ गाउँपालिका वडा नम्बर २ हुग्दिशिर मा अवस्थित भृकुटी माध्यमिक विद्यालय तृतीय भएका छन ।
१३ टिमको सहभागिता रहेको प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय समुहले क्रमशः १२ हजार,८ हजार,४ हजार नगद प्राप्त गरेका छन् ।
आज बिहीबार राष्ट्रिय स्तरका कलाकारको सांगितिक प्रस्तुति र हास्यकलाकार सरापेको हास्य प्रहसन हुने आयोजकले बताएको छ ।
« मनकामना युवा क्लब सिग्दीको माघी मेला सुरु «
» माघी मेला सिग्दी ः सोरठी सालैजो नृत्य, कृषि तथा हस्तकला प्रर्दशनी »







