दर्ता. न‌: २४५/०६५/०६६

माघी मेला सिग्दी ः सोरठी सालैजो नृत्य, कृषि तथा हस्तकला प्रर्दशनी

केशबराज क्षेत्री,बरेङ २०७६ माघ २ । मनकामना युवा क्लब सिग्दिको माघीमेला जारी रहेको छ ।

बरेङ गाउँपालिका वडा नम्बर २ हुग्दिशिर सिग्दी मा अवस्थित क्लबले  माघे सक्रान्तीको अवसर पारी मंगलबार बाट विविध सांस्कृतिक, सांगितिक एवम् खेलकुद तथा शैक्षिक कार्यक्रमको आयोजना गरेको छ ।

बुधबार क्बले कृषि तथा हस्तकला प्रर्दशनी, हाजिरीजवाफ प्रतियोगिता र सालैजो तथा सोरठी प्रतियोगिता समापन गरिसकेको छ । बरेङ गाउँपालिकाको प्रायोजन र बिहानी बहुृउद्देश्यीय सहकारी संस्था लिमिटेडको सह प्रायोजनामा कृषि प्रर्दशनी तर्फ टमाटर, काउली, बन्दा, तरुल, मुला, गाँजर, साग, सुन्तला, पशु तर्फ राँगा, बोका, खसी र हस्तकला तर्फ सर्वोदय माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले ठेकी मदानी, रिमोटबाट चल्ने ट्रक र स्काभेटर प्रदर्शन गरेका थिए ।

प्रर्दशनमा लिएका वस्तु अवलोकन गरी उत्कृष्टलाई पुरस्कार समेत वितरण गरेको छ ।  क्लबले प्राचिन संस्कृति तथा लोपन्मुख नृत्यको संरक्षण गर्ने मूख्य उद्देश्यका साथ सामुहिक सालैजो तथा सोरठी नृत्य को आयोजना गरिएको क्लबका अध्यक्ष मोहन पुनले बताए ।

११ टिमको सहभागिता रहेको सोरठी, सालैजो प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय समुहले क्रमशः १२ हजार,८ हजार,४ हजार नगद प्राप्त गर्नेछन् ।

आज  राष्ट्रिय स्तरका कलाकार टिका पुन, तेजस रेग्मी, उमादेवी खनाल, उदय पुन र भोली जुना श्रीस, विक्रम परयार, अमृता नेपालीको विशेष सांगितिक प्रस्तुति रहने छ भने  हास्यकलाकार यादव देवकोटा सरापेको हास्य प्रहसन दुई नै हुने आयोजकले जनाएको छ । त्यस्तै पुरुष भलिबल र व्याडमिन्टन प्रतियोगिताको फाइनल खेल पनि हुनेछ ।

« माघी मेला सिग्दी, हाजिरीजवाफमा बालज्योती बोर्डिङ प्रथम «

» सुत्केरी महिलालाई पोषिलो झोला, उज्यालो भविष्य बालबचत कार्यक्रम »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal